३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेको गुजरटोलमा वर्षौँपछि सडक कालोपत्र

४ असार २०८२, बुधबार ११:३२

काठमाडौँ ।  कोहलपुर नगरपालिका–४ स्थित गुजरटोलमा एक सय ८० मिटर सडक कालोपत्र गरिएको छ । कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमबाट रु २३ लाख ९६ हजार २१८ को लागतमा सो सडक कालोपत्र गरिएको हो ।

राप्तीसोनारी गाउँपालिका–९ स्थित अनमोल निर्माण सेवाले वैशाख २८ गते सम्झौता गरेर जेठ ३० गतेभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको सहलगानीमा सञ्चालित गुजरटोलको बाटो कालोपत्र गर्ने कार्य सम्पन्न भएपश्चात गुजर टोलवासीमा खुसी छाएको वडा नं ४ का वडाध्यक्ष मुवारक अलि गुजरले बताउनुभयो ।
“खुसीको कुनै सीमा नै छैन, वर्षौँपछि धेरैपटक प्रयास गर्दा बल्ल सडक कालोपत्र भयो”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष गुजरले अझै केही मिटर सडक कालोपत्र गर्न बाँकी रहेको जानकारी दिँदै बाँकी सडक नयाँ आर्थिक वर्षमा सम्पन्न हुने बताउनुभयो । सडक कालोपत्र भएको सो बस्ती कोहलपुर बजारबाट साढे तीन किलोमिटर पश्चिममा पर्छ । यो एक सय ३० वर्ष पुरानो बस्ती रहेको वडाध्यक्ष गुजरले बताउनुभयो ।

नगर क्षेत्रमा विकास निर्माण कार्य भएता पनि बजार क्षेत्रबाट नजिकै अवस्थित रैथाने मुस्लिम समुदायको बाक्लो बस्ती रहेको गुजर टोलमा सडकको विकास भएको थिएन । सो टोलको बाटो कच्ची भएकाले बर्खायाममा स्थानीय बालबालिकालाई विद्यालय आवतआवत गर्न असहज थियो ।

सडक कालोपत्र भएपछि गुजरटोलको दुई सय र बेलनपुर बस्तीका एक हजार चार सय मुस्लिम समुदायका बासिन्दामा यातायातको सहजता भएको वडाध्यक्ष गुजरले बताउनुभयो । नगरपालिका क्षेत्रमा अहिले १८ वटा सडक स्तरोन्नति तथा तटबन्धसम्बन्धी आयोजना निर्माणको काम भइरहेको छ । यस्ता योजनाले समावेशी विकास, दिगो पूर्वाधार र जनताको प्रत्यक्ष जीवनस्तरमा सुधार गर्ने दिशामा नगरपालिकालाई नयाँ उचाइमा पुर्याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’