2026-09-11 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

2025-07-03
काठमाडौं ।  धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानीमा दुनाटपरी उद्योग सञ्चानल गर्दै आउनुभएको छ । छ वर्षदेखि ‘सानीडाँडा फूलबारी दुनाटपरी उद्योग’ दर्ता गरी रु आठ लाख लगानीमा उहाँले व्यवसाय गर्दै आउनुभएको हो ।
सुरुमा सामुहिक लगानीमा उद्योग सञ्चालन गरे पनि अहिले व्यक्तिगत लगानीमा व्यवसाय सुरु गरेको मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “अनुदानसहित रु एक लाख ५० हजार लगानीमा गाउँका २० जना महिलासँगको साझेदारीमा उद्योग सञ्चालन गरेका थियौँ । पछि काम सिक्दै गएँ, अहिले एक्लैले व्यवसाय गर्दै आएकी छु ।”
आर्थिक स्थितिका कारण राहदानी बनाई विदेश जान तयार भएकी उद्यमी मगरले स्थानीयस्तरमा स्वरोजगार बन्ने योजनासँगै वैदेशिक रोजगारको मोह त्याग्नु भएको थियो । अहिले उहाँ आफू स्वरोजगार बन्नुका साथै स्थानीय केही व्यक्तिलाई रोजगार दिनुभएको छ ।
मगरका अनुसार उद्योगबाट मासिक रु एक लाखको कारोबार हुन्छ । कामदारलाई ज्यालादारी र परिवारको खर्च कटाएर मासिक रु २५ हजार बचत हुने गरेको उहाँले जानकारी दिनुभयो ।
चार जनाको परिवारको सबै खर्चसहित छोराछोरीको शिक्षादिक्षा यहीँ व्यवसाययले सञ्चालन भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा आर्थिक स्थिति कमजोर थियो, दैनिकी चलाउन समस्या भएपछि विदेश जाने सोचले राहदानी बनाएकी थिएँ । अहिले पनि श्रीमान् वैदेशिक रोजगारी सिलसिलामा साउँदीमा हुनुहुन्छ । यही व्यवसायबाट दैनिकीमा परिवर्तन आएको छ ।”
दुनाटपरी उद्योग सञ्चालनका साथै महिलालाई तालिम पनि दिने गरेको मगरले उल्लेख गर्नुभयो । वडाबाट आएको क्षमता विकास कार्यक्रममार्फत स्थानीय महिलालाई आफूले तालिम दिएको उहाँले बताउनुभयो । धनगढी, अछाम, बर्दिया, हसुलियालगायत विभिन्न स्थानका ६० जनाभन्दा बढी महिलालाई दुनाटपरीसम्बन्धी तालिम दिएको महिला उद्यमी मगरले जानकारी दिनुभयो ।
उद्योगबाट दैनिक तीन हजार दुना र तीन हजार टपरी उत्पादन हुँदै आएको जनाउँदै उहाँले टपरी रु चार र दुना रु एकमा बिक्री हुने बताउनुभयो । आफूले उत्पादन गरेका दुनाटपरी धनगढी, महेन्द्रनगर, झलारी, हसुलिया साथै पोखरासम्म पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
सबैभन्दा बढी कारोबार पोखराका व्यवसायीसँग हुने गरेको मगरको भनाइ छ । “आफूले उत्पादन गरेको दुनाटपरी अन्य व्यवसायीले ‘प्याकिङ’ गरी आफ्नै कम्पनीको लोगो लगाएर मँहगोमा बिक्री गर्दछ्”, उहाँले भन्नुभयो, “प्याकिङ गर्ने उपकरण आफूसँग भएको भए आफ्नै कम्पनीको छाँप लगाएर अझ आम्दानीका साथै रोजगारी बढाउने सकिने थियो ।”
मगरले सुदूरपश्चिम प्रदेशबाट आफू उत्कृष्ट महिला उद्यमिका रूपमा छनोटमा भई गत चैतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मनित भएको बताउनुभयो । उद्योगका लागि स्थानीय तथा प्रदेश सरकारबाट अनुदान प्राप्त भएमा प्याकिङ गर्ने उपकरण खरिद गर्नुका साथै व्यवसायलाई विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस