2026-10-05 03:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जातीय पोशाकबाट आम्दानी

2025-07-18
काठमाडौँ | वनस्पति अनुसन्धान केन्द्र कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यानमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । प्राकृतिक हराभरा, तालतलैया, विभिन्न प्रजातिका जडीबुटीको उत्पादनलगायत मनोरमणीय दृष्ट्रिकोणले उक्त उद्यान निकै प्रख्यात मानिन्छ ।
उद्यानमा घुमघाम, रमाइलोका लागि दिनहुँ ठूलो सङ्ख्यामा पर्यटक आउने गर्दछन् । प्रायः गरेर यहाँका विभिन्न जातीय पहिचान झल्कने पोशाक लगाएर तस्वीर लिने पर्यटकको रोजाइमा पर्ने गर्दछ । उद्यानमा सोही पोशाक लगाएर फोटो खिचाउने पर्यटकबाट लिने शुल्कबाट स्थानीय रञ्जिता चौधरीले आम्दानी गर्दै आउनुभएको छ ।
चौधरीको पसलमा राना थारु, डगौँरा थारु, नेवार, ठकुरी, क्षेत्री, मगर, शेर्पा, तामाङलगायत करिब ३० जातिका विभिन्न संस्कृति झल्किले पोशाक फोटो खिच्नका लागि उपलब्ध छन् । वनस्पति उद्यानमा फोटो खिचाएको उहाँले प्रति घण्टाको रु १०० शुल्क लिने गर्नुभएको छ ।
एक घण्टाको रु १०० र समय थपसँगै शुल्क पनि थप लिने गरेको छु”, उहाँले भन्नुभयो, “त्यसबाट महिनाको सबै खर्च कटाएर रु ३० हजार जति बचत हुने गरेको छ, सरकारी बिदा अर्थात् चाडपर्वका बेला अझै बढी कमाइ हुने गर्दछ ।”
उहाँलाई जातीय पोशाक सिलाउनमा रु चार लाख जति लगानी लागेको छ । एक जोर पोशाक सिलाउन रु पाँच हजार जति खर्च हुने गरेको उहाँको भनाइ छ । परिवारमा सासू, ससुरा, श्रीमान्, श्रीमती र छोरोछोरी गरी छ जना छन् । छोराछोरीको शिक्षाका साथै परिवारको सम्पूर्ण खर्च सोही व्यवसायले धान्दै आएको उहाँले बताउनुभयो ।
विगतमा आर्थिक अवस्था निकै नै कमजोर रहेकी चौधरीले अहिले यो व्यवसाय अगाँल्दै आएपछि जीवनस्तरसमेत सुध्रिएको बताउनुभयो । धनगढीको देवरियास्थित वनस्पति उद्यानमा हाल आन्तरिकका साथै बाह्य पर्यटकसमेत आउने गरेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर