१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन

४ श्रावण २०८२, शनिबार १४:५१

काठमाडौँ । तनहुँमा सञ्चालन भएको चैतधान प्रवर्द्धन  आयोजनामार्फत एक वर्षमा एक हजार १७७ मेट्रिकटन चैतेधान उत्पादन भएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्राथमिकतामा परेको यस कार्यक्रममार्फत् तनहुँ जिल्लामा पाँच हजार रोपनी क्षेत्रफलमा चैते धान गरिएकामा उक्त परिमाणमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रले १२ सहकारीमार्फत चैते धान प्रवर्द्धन आयोजना सञ्चालन गरेको थियो ।
कार्यक्रम सञ्चालनका लागि रु ५८ लाख ५० हजार बजेट रहेकामा रु ४२ लाख ९४ हजार खर्च भएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो कार्यक्रम कृषक समूह वा सहकारीमार्फत क्लस्टरमा सञ्चालन गरिएको थियो । एउटा क्लस्टरमा कम्तीमा पनि ५० रोपनी क्षेत्रफलमा हुनुपर्ने प्रावधान राखिएको थियो ।” चैतेधान प्रवर्द्धन कार्यक्रममार्फत ७५ देखि ८५ प्रतिशतसम्म अनुदान प्रदान गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममार्फत कृषकलाई आठ हजार १०० केजी बीउ, १४ मिनिटिलर, चार कम्बाइन मिल, ३२ स्प्रेयर, एक मल्टिक्रप थ्रेसर, २४६ त्रिपाल, तीन डिजिटल तराजु, २०० जुटको बोरा वितरण गरिएको छ भने ८०३ मिटर कुलो निर्माण गरिएको छ ।
आँबुखैरेनी गाउँपालिका–२ स्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्थालाई रु एक लाख ९३ हजार ६२४, बन्दीपुर गाउँपालिका–३ स्थित असौबोटे प्रेम नगर अर्गानिक कृषि समूहलाई रु तीन लाख ५६ हजार चार सय ७६, व्यास नगरपालिका–८ स्थित रिस्ती मादी कृषक समूहलाई रु पाँच लाख २१ हजार २६१, व्यास नगरपालिका–९ स्थित फूलबारी कृषक समूहलाई रु एक लाख छ हजार सात सय २५, भानु नगरपालिका–४ स्थित तिलाहार कृषि सहकारी संस्थालाई रु चार लाख ७७ हजार पाँच सय ३९, भिमाद नगरपालिका–६ स्थित भिमाद साना कृषि सहकारी संस्थालाई रु दुई लाख २१ हजार २५०, म्याग्दे गाउँपालिका–४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहलाई रु दुई लाख ७६ हजार ९०८ वितरण गरिएको छ ।
त्यस्तै, म्याग्दे गाउँपालिका–३ स्थित स्यागेटारी कृषक समूहलाई रु तीन लाख ५५ हजार ५३९, सोही वडाको आम्बोटे कृषक समूहलाई रु तीन लाख ७६ हजार ४८६, व्यास नगरपालिका–१३ स्थित तुलसी कृषक समूहलाई रु पाँच लाख १८ हजार २४, शुक्लागण्डकी नगरपालिका–११ स्थित क्याङ्दी खोला सिर्जनशील आइपिएम कृषक समूहलाई रु तीन लाख ४८ हजार २६६ र शुक्लागण्डकी नगरपालिका–१० स्थित युनिक अभियान कृषि सहकारी संस्थलाई रु दुई लाख ४२ हजार २५० सहयोग गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का