2026-10-05 10:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

विष खुवाएर शिक्षकको हत्या,खाजा खाने बेला बेहोस भएका थिए

काठमाडौँ | कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका- १ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका-९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका- १ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाललाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए ।

 

धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुविरुद्ध शिक्षकका परिवारले विष खुवाएर हत्या गरेको उल्लेख गरी जाहेरी दिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताए ।

पन्त जानकी गाउँपालिका-४ को मनुवामा रहेको जनता माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए । शनिबार दिउँसो उनको शंकास्पद मृत्यु भएको थियो ।

टीकापुर नगरपालिका-१ को मुनुवा रोडमा रहेको लोकल स्टेशन कटेजमा खाजा खाने बेला बेहोस भएको भन्दै उनीसँगै रहेका साथीहरूले टीकापुर अस्पताल पुगाएका थिए । तर, चिकित्सकले मृत घोषणा गरे ।

पन्तलाई विष खुवाएको आरोपमा तिनै साथीहरू पक्राउ परेका हुन् । उनीहरूलाई नियन्त्रणमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर