२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताए

८ श्रावण २०८२, बुधबार १३:२९

काठमाडौँ | उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताएका छन् । बुधबार पुष्पलाल स्मृति दिवसको अवसरमा रूपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष समेत रहेका पौडेलले अब भण्डारीको सदस्यता पनि नवीकरण नहुने र सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका हुन् ।

उनले भने- ‘पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुन्छ कि हुँदैन भन्ने विषयमा पार्टीभित्र र बाहिरसमेत व्यापक चर्चा भयो, पार्टीभित्र पनि यसबारेमा व्यापक छलफल गरी उहाँ पूर्वराष्ट्रपतिकै हैसियतमा रहनुपर्छ भन्ने एमालेले निष्कर्ष निकालेको हो ।’ उपप्रधान तथा अर्थमन्त्री पौडेलले विद्यादेवी भण्डारीले एमाले पार्टीका लागि विगतमा गरेको योगदानको कदर स्वरूप दुई-दुई कार्यकाल राष्ट्रपति बनाएको स्मरण गर्दै अब पनि पूर्वराष्ट्रपतिकै हैसियतमा मुलुकको अभिभावक बनेर संविधानको संरक्षक भएर बस्नुपर्ने बताए।

उनले राष्ट्रपति बनेपछि भण्डारी आफैले पार्टी सदस्यता त्याग गरेकोले पार्टीको विधानले समेत उनको सदस्यता नवीकरण गर्न नमिल्ने तर्क गरे । उनले संविधानको रक्षा र संरक्षणको अभिभारा लिइसकेको व्यक्ति फेरि एउटा पार्टीको सदस्य बनेर राजनीतिमा फर्किनुहुँदैन भनेर नै पार्टीले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह