२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘संसदीय दल नेता फेर्न संख्या चाहिन्छ, त्यसै त हुँदैन,: नेता शेखर कोइराला

१५ श्रावण २०८२, बुधबार १५:४८

काठमाडौँ | नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दल नेता फेर्न आफू नलागेको बताएका छन्। संसदीय दल नेता फेर्नका लागि सांसदहरूको संख्या आवश्यक पर्ने उल्लेख गर्दै कोइरालाले त्यो सम्भावना अहिले नरहेको पनि बताए।

‘संसदीय दल नेता फेर्न संख्या चाहिन्छ, त्यसै त हुँदैन,’ विराटनगरमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘यो कुरा सभापतिजीले पनि बुझ्नुभएको छ, चिन्ता गर्नुपर्दैन।’

कोइरालाले कांग्रेस-एमाले समीकरणको अहिलेको संघीय सरकारले राम्रोसँग काम गर्न नसकेको टिप्पणी पनि गरेका छन्।‘यो समीकरण र सरकार २०८४ सम्म नै जाओस्,’ उनले भने, ‘तर सरकार राम्रोसँग चलाउनुपर्‍यो, अहिले राम्रोसँग चलेको छैन।’

उनले कांग्रेस र एमालेबीच भएका ७ बुँदे सहमति कार्यान्वयनतर्फ लैजानुपर्नेमा जोड दिए।

हालै नेता शेखर कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि कांग्रेसभित्र र बाहिर पनि त्यसको चर्चा भएको थियो।

कोइरालाको यो भेटलाई लिएर कांग्रेसका पूर्वपदाधिकारीहरूले कुरा उठाएपछि सभापति शेरबहादुर देउवाले ‘सक्ने भए संसदीय दल नेता परिवर्तन गरेर देखाउन’ कोइरालालाई चुनौती दिएका थिए।

तर कोइरालाले नेताहरूबीच भेटवार्तालाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्। २०७९ पुस ६ गते भएको संसदीय दल नेता चुनावमा देउवा ६४ मतसहित निर्वाचित हुँदा अर्का उम्मेदवार महामन्त्री गगन थापाले २५ मतमात्रै ल्याएका थिए।

त्यो संख्यामा खासै फेरबदल नआएकोले संसदीय दल नेता परिवर्तन हुन सक्ने सम्भावना कांग्रेसमा कम छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…