२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘मलाई ओटीटीको १२५ करोड होइन, आमदर्शकको १०० रुपैयाँ चाहिन्छ’: आमिर खान

२०८२, १६ श्रावण बिहीबार १३:५०

काठमाडौँ | विशेष निर्णयबारे जानकारी दिन बलिउड अभिनेता आमिर खानले केही दिनअघि पत्रकार सम्मेलन बोलाए । कुन विषयमा प्रेसमिट आयोजना गरिएको हो भन्ने पूर्वसूचना नदिई बोलाएपछि पत्रकारलाई पनि यसबारे निकै चासो थियो । स्टेजमा उभिएर आमिरले घोषणा गरे- उनको हालैको फिल्म ‘सितारे जमीन पर हलबाट उत्रिएपछि ओटीटीमा रिलिज हुनेछैन ।’

 

केही समयदेखि यसबारे अनुमान लगाइएको थियो । आमिरले पनि युट्युब रिलिजको योजनालाई न कहिल्यै पुष्टि गरे, न अस्वीकार । उनी बलिउडका ट्रेन्डसेटर हुन् भन्ने कुरा धेरैलाई थाहा छ । उनले यो घोषणा आफ्नो स्टाइलमा गरे ।

उनले भाषण सुरु गर्दै भारतमा अनलाइन भिडियो प्लेटफर्मको सन्दर्भमा युट्युबले कसरी सबैभन्दा बढी पहुँच हासिल गरिरहेको छ भनेर व्याख्या गरे । युपिआईको उदयसँगै, जनतालाई सजिलैसँग इलेक्ट्रोनिक भुक्तानी गर्न सजिलो भएको छ । त्यसैले, सुपरस्टारले युट्युबको बाटो रोज्ने निर्णय गरे ।

 

जब उनी युट्युबको महत्व बुझाउँदै थिए र आफ्नो फिल्मलाई देशका दुर्गम कुनाहरूमा पुर्‍याइरहेका थिए, स्क्रिन पछाडिको पर्दामा सितारे जमीन परको पोस्टर देखाइएको थियो । पोस्टरसँगै, यो स्पोर्ट्स ड्रामा फिल्म अगस्ट १ शुक्रबार आमिर खानको युट्युब च्यानल, अर्थात् आमिर खान टकिजमा रिलिज हुने कुरा पनि उल्लेख गरिएको थियो ।

फिल्मलाई युट्युबमा पे-पर-भ्यूको आधारमा दर्शकले १०० भारु तिरेर हेर्नुपर्छ ।

एक पत्रकारको प्रश्नका उनको जवाफ थियो, ‘मलाई (पे–पर–भ्यू’) मोडेलमा धेरै विश्वास छ र म तपाईंलाई यसको जवाफ दिनेछु । मलाई ओटीटी प्लेटफर्महरूबाट १२५ करोड रुपैयाँ चाहिँदैन । मलाई हाम्रो देशको आम दर्शकको १०० रुपैयाँ चाहिन्छ । म मेरो काममा विश्वास गर्छु र म मेरा दर्शकमा विश्वास गर्छु यदि मेरो कामको मूल्य छ भने, दर्शकले पहिले थिएटरमा फिल्म हेर्नेछन् र त्यसपछि पे–पर–भ्यूमा युट्युबमा हेर्नेछन् ।’

ओटीटी सम्झौताहरूको बारेमा थप कुरा गर्दै, उनले व्याख्या गरे, यस्तो सम्झौताले मलाई मात्र फाइदा पुर्‍याउँछ भने म यो गर्न सक्दिन । यसले लामो समयसम्म उद्योगलाई असर गर्नेछ । त्यसैले, मैले अस्वीकार गरें ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे