१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

श्रीमती मारेर जेल गए थिए, छुटेपछि गरे प्रेमिकाकी छोरीको हत्या,२ महिलामाथि कुखुरी प्रहार

१६ श्रावण २०८२, बिहीबार १५:०४

काठमाडौँ | एक दशकअघि आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जेलसजाय काटेर आएका क्षीरेश्वरनाथ नगरपालिका– ९, इच्छापुरका ३५ वर्षीय रामबाबु साह फेरि अर्को हत्याको आरोपमा पक्राउ परेका छन् । आफूले प्रेम गर्दै आएकी महिलाले एकतर्फी प्रेम तोडेको आक्रोशमा उनले १२ साउनमा एक किशोरीको हत्या र दुई महिलालाई कुखुरी प्रहार गरी घाइते बनाएको अभियोग छ ।

धनुषा बटेश्वर गाउँपालि– ५, शान्तिपुर स्थायी घर भए पनि केही वर्षदेखि जनकपुरधाम उपमहानगरपालिका– ४, कटैयाँ चोरीमा डेरा गरी बस्दै आएकी आशा यादव, उनकी छोरी अञ्जलीकुमारी यादव र भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए । घाइते तीनै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएकोमा अञ्जलीको १३ साउनको राति उपचारका क्रममा मृत्यु भएको थियो । अन्य दुई घाइतेमध्ये राधाको उपचारपछि डिस्चार्ज गरिएको छ भने आशाको अवस्था गम्भीर रहेकाले उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार, पक्राउ परेका रामबाबु साह यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भई जेलसजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । २०७१ सालमा आफ्नै जेठी श्रीमतीको हत्या गरेको अभियोगमा उनी पक्राउ परी झण्डै पाँच वर्ष जेल बसेका थिए । २०७७ सालमा जेलमुक्त भएपछि उनले दोस्रो विवाह गरेका थिए । तर, श्रीमती हुँदाहुँदै साह पछिल्लो समय आशा यादवसँग प्रेम सम्बन्धमा थिए ।

रामबाबु र आशाबीचको सम्बन्ध परिवारमा समेत खुलेपछि आशाले दूरी बढाउन सुरु गरेकी थिइन् । पछि रामबाबु र आशाले मिलेर जनकपुरधाममा डेरा लिएर बस्न थालेका थिए । प्रेम गरेको बापत रामबाबुले आशालाई अटो रिक्सासमेत किनिदिएका थिए । तर, केही समयअघि आशाले उक्त रिक्सालाई आफ्नो भाइको नाममा दर्ता गराइदिएकी थिइन् । त्यहीँबाट दुवै जनाबीच प्रेममा दूरी बढेको थियो । पछिल्लो समय आशाले उक्त डेरा परिवर्तन गरी आफ्नै श्रीमान् र छोरीसँग बस्न थालेकी थिइन् । आशाका श्रीमान् वैदेशिक रोजगारमा रहँदै आएका छन् ।

रामबाबुले फोन गर्दा आशाले प्रतिक्रिया नदिने, दूरी कायम गर्न खोज्ने र उनको श्रीमतीलाई समेत म्यासेज गरी झगडा गराउनेजस्ता व्यवहार देखिएपछि रामबाबु आक्रोशमा आएका थिए । घटनाको राति आशाले रामबाबुलाई फोनमा गाली गरेकी थिइन् । त्यसपछि रामबाबु खुकुरीसहित राति ११ बजे आशाको डेरामा पुगेका थिए । प्रहीका अनुसार रामबाबु डेरामा पुगेपछि आशालाई मारपिट गर्न सुरु गरे । त्यसपछि अञ्जलीसहित दुवै बहिनीले आमालाई बचाइरहेका थिए ।

त्यसपछि रामबाबुले हातमा लिएको कुखुरी आशामाथि प्रहार गर्न खोज्दा अञ्जली अगाडि बढेपछि उनलाई नै कुखुरी लागेको थियो । प्रहरी नायब उपरीक्षक सिंहका अनुसार, मातिएका रामबाबुले पछि आशा र भतिजी राधामाथि पनि खुकुरी प्रहार गरेका थिए । घटनामा प्रयोग गरिएको खुकुरी र गाडीसमेत प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल