२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा राहुल गान्धीसहित ३० सांसद पक्राउ परे

२७ श्रावण २०८२, सोमबार १५:२३

काठमाडौँ | निर्वाचन आयोगले मतदाता नामावलीमा धाँधली गरेको भन्दै भारतको राजधानी नयाँदिल्लीमा विरोध प्रदर्शनमा उत्रेका विपक्षी दलका सांसदहरू पक्राउ परेका छन् । कांग्रेस नेता राहुल गान्धीसहित ३० जनाभन्दा धेरै सांसदहरू पक्राउ परेका भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

निर्वाचन आयोगको कार्यालयअघि प्रदर्शन गर्न पुगेका सांसदहरूलाई प्रहरीले धरपकड गरेको हो । विपक्षी सांसदहरूले ‘मत चोरी’को आरोप लगाएका छन् । निर्वाचन आयोगले सत्तारुढ भाजपासँग मिलेर परिणाम तोडमोड गरेको उनीहरूको आरोप छ ।

पक्राउ परेपछि राहुल गान्धीले पत्रकारसँग भने, ‘यो लडाइँ राजनीतिक होइन, संविधान बचाउन हो । सत्य देशका सबै नागरिकका अगाडि छ ।’

विरोध कार्यक्रममा राहुल गान्धीसँगै प्रियंका गान्धी, डिम्पल यादव, महुवा माजी, सञ्जय राउत, रणदीप सुरजेवाला र केसी वेणुगोपाललगायतका विपक्षी सांसदहरू सहभागि थिए । दिल्ली प्रहरीले सांसदहरूको संख्या बढी भएकै कारण पक्राउ गरिएको बताएको छ ।

नयाँ दिल्लीका डीसिपी देवेश कुमारका अनुसार निर्वाचन आयोगले करिब ३० जना सांसदलाई भेट्ने अनुमति दिएको भए पनि सो भन्दा धेरै आएपछि पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला