2026-10-19 03:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आरजु राणा र जयवीर देउवाको नाममा ११५ रोपनी जग्गा

काठमाडौँ | आरजु राणा देउवा र उनका छोरा जयवीर सिंह देउवा को नाममा देशका विभिन्न स्थानमा ठूलो परिमाणमा जग्गा रहेको तथ्य सार्वजनिक भएको छ। दुई जनाको नाममा गरी कुल ५८ हजार ७८६.३६ वर्गमिटर अर्थात् ११५ रोपनीभन्दा बढी जग्गा रहेको देखिएको छ। आरजु राणाको नाममा मात्र २० हजार ३४०.९४ वर्गमिटर (३९ रोपनी १५ आना ३ पैसा) क्षेत्रफलको ७ कित्ता जग्गा विभिन्न जिल्लामा रहेको छ। यी जग्गाहरू डडेल्धुरा, कैलाली, मकवानपुर र बर्दियामा फैलिएका छन्।

त्यस्तै, जयवीर सिंह देउवाको नाममा ३८ हजार ४४५.४२ वर्गमिटर (७५ रोपनीभन्दा बढी) जग्गा काठमाडौँ, कास्की, कञ्चनपुर र बर्दियामा रहेको पाइएको छ। काठमाडौँको साविक चपलीस्थित ९६६ वर्गमिटर जग्गामा बनेको घर भने हाल विवादको केन्द्रमा परेको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित उक्त घर प्रदर्शनकारीहरूले जलाइदिएका थिए। त्यसपछि जलेको घर भत्काउन ३७ लाख रुपैयाँमा ठेक्का लागेर काम सुरु भए पनि सरकारले हाल उक्त प्रक्रिया रोक्न निर्देशन दिएको छ।

प्रहरी उच्च स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी छानबिनका लागि घर भत्काउने कार्य रोकिएको हो। यस घटनाले सम्बन्धित व्यक्तिहरूको सम्पत्ति स्रोत र वैधतामाथि थप प्रश्न उठाएको छ।

हाल सम्बन्धित निकायहरूले सम्पूर्ण सम्पत्तिको विस्तृत अनुसन्धान अघि बढाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ