२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोदी र जेलेन्स्कीबीच फोनवार्ता: रुसलाई जमिन सुम्पन नसकिने अडान

२८ श्रावण २०८२, मंगलवार १४:२१

काठमाडौँ | भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फोन गरेका छन्। मोदीले सोमबार सामाजिक सञ्जालमार्फत जेलेन्स्कीले आफूसँग फोनमा कुरा गरेको जानकारी दिएका हुन्।

भारतका प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्न र हालैका घटनाक्रमबारे उहाँको विचार सुन्न पाउँदा म खुसी छु। मैले उहाँलाई द्वन्द्वको प्रारम्भिक र शान्तिपूर्ण समाधानको आवश्यकता र यसमा भारतको अडानबारे जानकारी गराएको छु।’

उनले अगाडि लेखेका छन्, ‘भारत यस सम्बन्धमा हरेक सम्भव योगदान दिन र युक्रेनसँग द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन प्रतिबद्ध छ।’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन यही अगस्ट १५ मा अलास्कामा भेटवार्ता गर्ने तयारी भइरहेका बेला प्रधानमन्त्री मोदी र जेलेन्स्कीबीच फोनवार्ता हुनु महत्त्वपूर्ण ठानिएको छ।

यसबीच जेलेन्स्कीले कुनै पनि हालतमा आफ्नो जमिन रुसलाई सुम्पन नसकिने अडान पनि व्यक्त गरिसकेका छन्। उता युक्रेनका युरोपेली सहयोगीहरूले पनि युक्रेनलाई सामेल नगरी गरिने शान्ति वार्ताको अर्थ नहुने चेतावनी दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला