१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा सांसद खनालले : प्रधानमन्त्री ओलीलाई अमेरिकन लेखकहरूको चर्चित पुस्तक पढ्न सुझाए

२८ श्रावण २०८२, मंगलवार १६:१६

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सरकारले लोकतान्त्रिक मूल्य, न्यायपालिकाको स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठित गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले सरकार आफू अनुकूल कानुन बनाउने, जनपक्षीय आवाजलाई दबाउने, न्यायपालिकामाथि हस्तक्षेप गर्ने र मिडियालाई नियन्त्रण गर्ने काममा लागेको आरोप लगाएका हुन् । उनले सरकारका यस्ता कार्यले लोकतान्त्रिक व्यवस्था नै संकटमा परेको टिप्पणी गरे ।

‘लोकतन्त्र मास्न खोज्नेहरू आफ्नो अनुकूल कानुन बनाउँछन्, न्यायपालिकाको स्वतन्त्रतालाई कुण्ठित पार्छन् र कार्यकारी अधिकार बलियो बनाएर मिडियामाथि नियन्त्रण गर्न खोज्छन् । तर, प्रधानमन्त्रीज्यू भन्नुहुन्छ व्यवस्थाविरोधी शक्तिहरू संसद अवरुद्ध गरिराखेका छन्,’ उनले भने । सांसद खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकन लेखकहरूको चर्चित पुस्तक ‘हाउ डेमोक्रेसिज डाइ’ पढ्न सुझाए । ‘आफ्नै सरकारको एक वर्षे कामको मूल्यांकन गर्न आग्रह गर्छ,’ उनले भने ।

भ्रष्टाचार र सत्ता दुरुपयोगका विषयमा पनि तीव्र आलोचना गर्दै खनालले भिजिट भिसा प्रकरण, पासपोर्ट छपाइमा भागवण्डा, कुलिङ पिरियडको दुरुपयोग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको भ्रष्टाचारप्रति सरकार र संसद उदासीन रहेको आरोप लगाए । ‘हामीले स्वतन्त्र छानबिनको माग गर्‍यौँ, तर उल्टै विपक्षीको आवाज दबाउने प्रयास भयो । लिचिबारी प्रकरणको अडियो सार्वजनिक भयो, पासपोर्ट छपाइमा भागवण्डाको कुरा बाहिर आयो, अध्यागमनमा घुस लिने कर्मचारीको सूचना प्रहरीकहाँ पुग्छ । तर, गृह मन्त्रालयलाई अप्ठ्यारो नहोस् भनेर छानबिन अगाडि बढ्दैन । यस्तो प्रवृत्तिले सरकारमा सुधार होइन, विघटनको संकेत देखिएको छ,’ उनले भने ।

सांसद खनालले सरकारलाई जनताको अपेक्षा अनुसार सुशासन दिन र भ्रष्टाचारमा मुछिएका मन्त्रीलाई पदमुक्त गर्न आग्रह गरे । ‘हामी सुशासन होस्, भ्रष्टाचारी मन्त्रीहरू पदमा नरहुन् भन्ने चाहन्छौँ प्रधानमन्त्रीज्यू, तपाईं के चाहनुहुन्छ ?,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली