२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितामा जल्दै गरेको शवबाट निकालेको हड्डी किनेको आरोपमा २ जना पक्राउ

३० श्रावण २०८२, बिहीबार १४:०८

काठमाडौँ | पशुपति आर्यघाटमा जलाउन ल्याएको शवबाट निकालेको हड्डी र जलाएको खरानी बेचेको आरोपमा दुईजनालाई प्रक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले उक्त हड्डी र खरानी किनेको आरोपमा पनि दुईजनालाई नियन्त्रणमा लिएको छ ।

यही साउन २३ गते पशुपति आर्यघाट–२ नम्बर चितामा जल्दै गरेको शवबाट निकालेको हड्डी किनेको आरोपमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु काठमाडौंमै बस्दै आएका छन् ।

प्रहरीका अनुसार ठाकुर हड्डी र खरानी किन्ने व्यक्ति हुन् भने यादव किन्ने कार्यमा सहयोग गर्ने व्यक्ति हुन् । ठाकुरको साथबाट प्लास्टिकमा पोको पारिराखेको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसअघि शवबाट हड्डी निकालेर बेचेको आरोपमा पक्राउ परेका गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीलाई हाल प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले सोही हड्डी र खरानी किन्नेलाई पनि नियन्त्रणमा लिन सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन