२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितामा जल्दै गरेको शवबाट निकालेको हड्डी किनेको आरोपमा २ जना पक्राउ

२०८२, ३० श्रावण बिहीबार १४:०८

काठमाडौँ | पशुपति आर्यघाटमा जलाउन ल्याएको शवबाट निकालेको हड्डी र जलाएको खरानी बेचेको आरोपमा दुईजनालाई प्रक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले उक्त हड्डी र खरानी किनेको आरोपमा पनि दुईजनालाई नियन्त्रणमा लिएको छ ।

यही साउन २३ गते पशुपति आर्यघाट–२ नम्बर चितामा जल्दै गरेको शवबाट निकालेको हड्डी किनेको आरोपमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु काठमाडौंमै बस्दै आएका छन् ।

प्रहरीका अनुसार ठाकुर हड्डी र खरानी किन्ने व्यक्ति हुन् भने यादव किन्ने कार्यमा सहयोग गर्ने व्यक्ति हुन् । ठाकुरको साथबाट प्लास्टिकमा पोको पारिराखेको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसअघि शवबाट हड्डी निकालेर बेचेको आरोपमा पक्राउ परेका गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीलाई हाल प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले सोही हड्डी र खरानी किन्नेलाई पनि नियन्त्रणमा लिन सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं