२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जेनजी प्रदर्शनका क्रममा आगजनी गर्नेलाई मुद्दा दर्ता

५ मंसिर २०८२, बिहीबार ११:५९

काठमाडौँ | जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार कैदीहरु रुपन्देहीमा पक्राउ परेका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा कारागार कार्यालयमा भएको तोडफोड, आगजनीपश्चात् फरार कैदीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहतसमेतबाट फरार कैदीलाई नियन्त्रणमा लिई जिल्ला कारागार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।

कपिलवस्तु कारागारबाट फरार बैंकिङ कसूर मुद्दाका ४४ वर्षीय तुलबहादुर पुनलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटेको टोलीले मङ्सिर १ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनभयो ।

त्यस्तै इलाका प्रहरी कार्यालय मङ्गलापुरबाट खटिएको टोलीले नवलपरासी कारागारबाट फरार जबरर्जस्ती करणी मुद्दाका रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने ५० वर्षीय रुद्रबहादुर पुनलाई मङ्सिर २ गते पक्राउ गरेको हो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले तनहुँ कारागारबाट फरार लागुऔषध मुद्दाका भारतको जिल्ला महाराजगञ्ज थाना नौतनवा बस्ने २० वर्षीय दीपक कुमारलाई बुधबार पक्राउ गरेको छ । कुमारलाई सिद्धार्थनगर नगरपालिका–१३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी, तोडफोड र चोरीमा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलले भदौ २४ गते बुटवलका विभिन्न सरकारी तथा व्यावसायिक प्रतिष्ठान तथा प्रहरीका हतियार तथा समान लुटपाट गर्ने, आगजनी र तोडफोड गर्ने ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिनुभयो ।
यसरी पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय मङ्गलापुरमा आगजनी र तोडफोड गर्ने, प्रहरी कार्यालयबाट हतकडी चोरी गर्ने तथा ड्रिमल्याण्ड होटेलमा आगजनी, तोडफोड र चोरीमा सङ्लग्न रहेकाहरू छन् ।

प्रहरी उपरीक्षक रानाका अनुसार प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्नेमा तिलोत्तमा नगरपालिका–९ का ३२ वर्षको मुर आलम मुसलमान, ३६ वर्षको सुरज भण्डारी, २७ वर्षको कुमार उप्रेती र तिलोत्तमा ७ को १९ वर्षको विनोद सुनुवार रहेका छन् ।

त्यस्तै प्रहरी कार्यालय मङ्गलापुरबाट हतकडी चोरी गर्ने बुटवल उपमहानगरपालिका–११ का २९ वर्षीय विवेक शाहीलाई पनि प्रहरीले पक्राउ गरेको छ । शाहीले प्रहरी कार्यालयबाट हतकडी चोरी फरार रहेका थिए । उनलाई आफ्नै कोठाबाट हतकडीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाले बताउनुभयो ।

त्यस्तै ड्रिमल्याण्ड होटेलमा आगजनी, तोडफोड र चोरीमा संलग्न बुटवल उपमहानगरपालिका–४ को ३८ वर्षीय अनिल थापा पनि पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई चोरी र आपाराधिक उपद्रता मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक