१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर

एक दशकभन्दा लामो प्रयासपछि भएको सम्झौतामा नेपालका तर्फबाट श्रममन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरबका मानव संशाधन मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरे ।
१३ माघ २०८२, सोमबार ०८:२७

काठमाडौँ । नेपाल र साउदी सरकारबीच साधारण श्रमिकको सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एक दशकभन्दा लामो प्रयासपछि भएको सम्झौतामा नेपालका तर्फबाट श्रममन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरबका मानव संशाधन मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताले साउदी रोजगारमा जाने नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा, सामाजिक सुरक्षा र श्रम अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौता गर्ने प्रयास गर्दै आएको थियो । सम्झौताका लागि पटक पटक सम्झौताको मस्यौदा तयार पारिएको थियो । गत भदाै १३ गते बसेकाे मन्त्रीपरिषद् बैठकले सम्झाैतामा हस्ताक्षरका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेकाे थियाे। तर, भदाै २३ र २४ गतेकाे जेनजी आन्दोलनका कारण सरकार ढलेपछि सम्झाैतामा हस्ताक्षर गर्नमा ढिलाई भयो ।

सम्झौता अघि भएको बैठकमा श्रममन्त्री भण्डारीले यो सम्झौतासंगै नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी हुने, न्यायोचित तथा लागत–प्रभावकारी बनाउन महत्वपूर्ण आधार तयार गर्ने बताए । साथै यसले साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण र रोजगार सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बताए ।

सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणलगायत विषयलाई प्राथमिकताका साथ समेटिएको छ । दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित गर्ने व्यवस्था सम्झौतामा गरिएको छ ।

यस सम्झौताबाट साउदी अरबमा कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा र स्थायित्व थप मजबुत हुने विश्वास गरिएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै