२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ

२०८२, ७ चैत्र शनिबार १२:३७

काठमाडौँ | ठगीमा संलग्न रहेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ गठ्ठाघर बस्ने सप्तरी कञ्चन रूप नगरपालिका-१२ घर भएका २६ वर्षीय विवेक रेग्मी, ललितपुर महालक्ष्मी नगरपालिका-२ बालकुमारी बस्ने भारत तेलंगाना हैदरावाद बोरण्डा थाना घर भएका ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, भारत तेलंगाना हैदरावाद चारमिनार थाना घर भएका ३४ वर्षीय महम्मद ईमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र भारत तेलंगाना हैदरावाद कुकडपल्ली थाना घर भएका ४२ वर्षीय समादा गिरी छन् ।

काठमाडौँ महानगरपालिका-१० थापा गाउँ लाखे चौर मार्गस्थित सिर्तेल होलिडेज प्रालि नामको ट्राभल एजेन्सीबाट सर्वसाधारण व्यक्तिहरूलाई युरोप, एसिया, अफ्रिका लगायत १ सय ७५ देशमा भ्रमणमा जानको लागि विभिन्न नम्बरबाट फोन गरी ट्राभल लोटरी परेको छ भनी झुक्यानमा पारी अत्यन्त सस्तो दरमा भ्रमण गराउने भनी विश्वास दिलाई पीडितहरूबाट रकम लिई भ्रमण नगराई रकम समेत फिर्ता नगरी ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई सोही कार्यालयबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म ३२८ जना पीडितहरूबाट २ करोड ७२ लाख ६५ हजार ५७४ रुपैयाँ ठगी गरेको खुल्न आएको छ । साथै प्रहरीले उनीहरूको साथबाट नेपाली नगद ७ लाख रुपैयाँ, कम्प्युटर १ थान, ल्यापटप एक थान, ट्याब एक थान, विभिन्न छाप पाँच थान, रिसिप्ट प्याड तीन थान, विभिन्न व्यक्तिहरूको नाम, वतन, मोबाइल नम्बर समेतकोको विवरण उल्लेखित कुपनको अर्धकट्टी पाँच हजार ७५ थानलगायतका सरसामान बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने