४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै

२७ पुष २०७७, सोमबार ०५:२३

पुस २७, वाग्मती । नयाँ पर्यटकीय गन्तव्यका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बूढीचौरमा रु दुई करोड ५० लाखको लगानीमा ऋषेश्वर गुफा तथा खुडेधार विस्तारको कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकार तथा मकवानपुर गाउँपालिकाको संयुक्त लगानीमा त्यहाँ पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ । 

वाग्मती प्रदेश सरकार र गाउँपालिकाको रु दुई करोड लगानीमा त्यस क्षेत्रमा पदमार्ग, कोसेली घर, शौचालय, बगैँचा, टिकटघर, सुरक्षाका लागि घर निर्माणको काम भएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभयो । त्यस्तै उक्त गाउँपालिकाको रु ४० लाखको लागतमा चालु आर्थिक वर्षमा ऋषेश्वर गुफाका लागि काम शुरु गर्न लागिएको उहाँले बताउनुभयो । 


त्यहाँ पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा थप रु १० लाख गाउँपालिकाले विनियोजन गरेर काम गर्ने तयारी गरेको बताइएको छ । यस क्षेत्रमा मूर्तिहरू निमाण गर्नेलगायतका कामका साथै त्यहाँ बन्जीजम्प निर्माण गर्नका लागि पनि काम गर्ने तयारी गरिएको छ । 

गाउँपालिकाको सो क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य निर्माण गर्ने अभियानअनुसार काम शुरु भएको हो । अझै यसलाई थप व्यवस्थित बनाउने काममा लागिपरेको अध्यक्ष हुमागाईंको भनाइ छ । अहिले यहाँ घुम्न र हेर्नका लागि आन्तरिक पर्यटक आउने गरेको बताइएको छ । नयाँ र आकर्षक गन्तव्य निर्माणमा गाउँपालिका लागेको उहाँले बताउनुभयो । साथै त्यहाँ रोजगारीसमेत बढने विश्वास लिइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा