४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दुग्ध उद्योग सञ्चालनपछि किसान उत्साहित

१० श्रावण २०७५, बिहीबार ०३:५९

साउन १०, पथरी, मोरङ (रासस) | गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । 

सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइएपछि किसान उत्साहित बनेका हुन् । स्थानीय सीताराम भट्टराई, पेशल पोखरेल, नवराज पोखरेलको संयुक्त लगानीमा सो दुग्ध उद्योग सञ्चालनमा ल्याइएको हो । 

सो क्षेत्रका किसानले दूधको मूल्य राम्रो पाउने भएका छन् । साना किसान सहकारी संस्था सुन्दरपुरका अध्यक्ष रवीन्द्र आर्चायका अनुसार पूर्वी मोरङमै दूध उत्पादन बढी हुने गोठगाउँका किसानको दुग्ध उत्पादनले बजार पाउने भएको छ । किसानबाट संकलन हुने दूधबाट आफ्नै ठाउँमा दूध प्रशोसन गरी दूधजन्य सामग्री उत्पादन हुने भएपछि संस्थाले समेत सहयोग पु¥याएको आचार्यको भनाइ छ ।

गत जेठ महिनादेखि सञ्चालनमा आएको उद्योगबाट दैनिक दूध प्रशोधन गरी प्याकेजिङ गर्ने, दही, मोही, नौनी उत्पादन गर्ने काम गर्ने गरेको उद्योगका सञ्चालक सीताराम भट्टराईले जानकारी दिनुभयो । 

साउन महिनामा दैनिक एक हजार २०० लिटर दूध संकलन तथा ४०० लिटर दूध प्याकेजिङ गरी बजारमा बिक्री गर्ने गरिएको, त्यसैगरी दही मोही र नौनीसमेत बिक्री गर्न थालिसकेको छ । उद्योगले किसानसँग राम्रो मूल्य दिएर गाई र भँैसीको दूध खरीद गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो