असोज ७, काठमाडौं | प्रेम सम्बन्धलाई निरन्तरता दिन आफ्नै अभिभावकलाई ठग्ने योजना बनाएका एक जोडी प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी ललितपुरमा बुधबार साँझ साबु भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७, काठमाडौं | प्रेम सम्बन्धलाई निरन्तरता दिन आफ्नै अभिभावकलाई ठग्ने योजना बनाएका एक जोडी प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी ललितपुरमा बुधबार साँझ साबु भन"/>
२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमीको ऋण तिर्न प्रेमिकाद्वारा आफैलाई अपहरण (यस्तो छ रहश्य)

७ आश्विन २०७३, शुक्रबार ०२:१५

असोज ७, काठमाडौं | प्रेम सम्बन्धलाई निरन्तरता दिन आफ्नै अभिभावकलाई ठग्ने योजना बनाएका एक जोडी प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी ललितपुरमा बुधबार साँझ साबु भन्ने सिर्जना खड्का अपहरणमा परेको उजुरी पर्‍यो । प्रहरीले सो उजुरीमाथि अनुसन्धान गर्दा बिहीबार बिहान ८ बजे अपहरणमा परेकी सिर्जना र उनको प्रेमी सिजन भन्ने रामचन्द्र खत्रीलाई पक्राउ गर्‍यो । जसबाट प्रेम सम्बन्धका कारण प्रेमीको ऋण तिरिदिन साबुले आफ्ना अभिभावकसँग गरेको नाटक मात्रै हो भन्ने पत्ता लाग्यो । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वर कार्कीका अनुसार उनीहरूको स्थायी घर एकै स्थानमा रहेकाले लामो समयदेखि प्रेममा थिए । पाटनढोका बस्ने साबु भन्ने सावित्री खड्का र प्रेमी काठमाडौं चक्रपथ चप्पल कारखाना बस्ने रामचन्द्र खत्रीको स्थायी घर सिन्धुपाल्चोक कर्थली हो । दुवैजनाले भर्खरै १२ कक्षाको परीक्षा दिएर बसेका हुन् । घर पनि एकै ठाउँ पढाइ पनि समानस्तर र प्रेम सम्बन्ध पनि भएकाले सावित्रीले रामचन्द्रको समस्या सुल्झाउन आफैं अपहरणमा परेको नाटक गरेकी थिइन् । 

प्रहरीका अनुसार बुधबार दिउँसो दुवैजना मिलेर सावित्रीको मोबाइलबाट अपहरण परेको र भनेजति रकम नदिए मुम्बईको कोठीमा प-याइदिन्छु, प्रहरी तथा आफन्त कसैलाई खबर नगर्नु, गरेमा राम्रो हुँदैन भनेर सावित्रीकी दिदीलाई एसएमएस पठाएका थिए ।

सोही एसएमएसलाई आधार मानेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । परिसरका प्रवक्ता कार्कीका अनुसार रामचन्द्र केही महिनाअघि काठमाडौं आएका थिए । उनी काठमाडौं आएपछि भारतीय नेटवर्क कम्पनीमा काम गर्दा उनलाई ऋण लागेको थियो । साथीभाइसँग पैसा उठाएर नेटवर्किङको व्यापार गर्दा उनी ऋणमा डुबेपछि सो कुरा सावित्रीलाई बताएका थिए । आफू निकै समस्यामा परेको र ऋण तिर्ने उपाय नभएको भन्दै आपसी सहमतिमा सावित्रीकै मोबाइलबाट एसएमएस पठाएका थिए । तर, एसएमएसमा पैसा भने उल्लेख गरेका थिएनन् । प्रहरीमा दिएको बयानअनुसार २ लाख माग्ने उनीहरुको योजना थियो ।

सावित्रीकै मोबाइलबाट उनकी दिदीलाई एसएमएस पठाएपछि दिदीले ललितपुर प्रहरीको सहयोग मागेकी थिइन् । ‘बहिनी अपहरणमा परेको भन्दै दिदीले गरेको उजुरी र उनीहरूले पठाएको एसएमएसका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो, उनीहरूलाई बिहान पक्राउ गर्न सफल भइयो,’ प्रवक्ता कार्कीले भने अनुसन्धान गर्दै जाँदा उनीहरू दुवैको योजनामा रामचन्द्रले साथीहरूसँग लिएको ऋण चुक्ता गर्न पैसा जुटाउने उद्देश्यले अपहरणको नाटक गरेको रहेछ ।’ समाजमा नकारात्मक असर पर्ने काम गरेकाले उनीहरू दुवैजनालाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाएको छ । – यो खबर आजको राजधानी दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो