असोज ७, काठमाडौं | नेकपा एमालेभित्र सुरु भएको झगडा भुसको आगो झैं फैलन शुरु गरेको छ । एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र एकलौटी ढंगले कामकाज अगाडि बढाएपछि माधव र झलनाथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७, काठमाडौं | नेकपा एमालेभित्र सुरु भएको झगडा भुसको आगो झैं फैलन शुरु गरेको छ । एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र एकलौटी ढंगले कामकाज अगाडि बढाएपछि माधव र झलनाथ"/>
२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको कारण एमाले फुट्ने गम्भीर संकेत

७ आश्विन २०७३, शुक्रबार ०३:३३

असोज ७, काठमाडौं | नेकपा एमालेभित्र सुरु भएको झगडा भुसको आगो झैं फैलन शुरु गरेको छ । एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र एकलौटी ढंगले कामकाज अगाडि बढाएपछि माधव र झलनाथ खनाल ओलीसँग आगो भएका हुन् ।

त्यसो त ओलीसँग नेता बामदेव गौतम पनि भित्रैदेखि रिसाएका छन् । संसदीय दलको चुनाव ताका गौतमलाई आफू अध्यक्षमा निर्वाचित भएपछि संसदीय दलको नेता दिने उधारो सम्झौता गरेका थिए । तर, ओलीले गौतमलाई न त संसदीय दलको नेता नै बनाए, न त उनले भनेअनुसार नै पार्टी चलाए ।

दुई साताअघि आफ्नो घरमा आएका पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै झलनाथले पार्टी फुटाउने गम्भिर षड्यन्त्र भइरहेको बताएर ओलीमाथि चौतर्फी प्रहार गरेका थिए । ओलीले पार्टी संगठनभित्र ईश्वर पोखरेल, प्रदिप ज्ञवाली, शंकर पोखरेल र पूर्वसभामुखका रुपमा चिनिएका ओलीका विश्वासपात्र सुवास नेम्वाङलाई चेपेर माधव र झलनाथका नेता कार्यकर्तालाई पार्टीभित्र दमन गर्न थालेपछि खनालले यस्तै रहेमा पार्टी विभाजनको संघारमा पुग्ने चेतावनी समेत दिएका थिए ।

माधवको आक्रोश 

प्रचण्डको सहयोगमा सत्तासिन भएका ओलीले माओवादी केन्द्रसँग गरेको सहमति भाँडेकोमा शुरुदेखि नै माधव नेपाल क्रुद्व थिए । माओवादीसँग भएको सहमति कायम गरेर प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्छ भनेर झलनाथ र माधवले पार्टीभित्र लबिङ नै गरेका थिए ।

तर, ओलीले ती कुरलाई लत्याइदिए । प्रचण्डविरुद्व खनिएका ओलीले आफूलाई राष्ट्रवादी देखाउन यतिबेला आफ्नो पार्टीभित्र कुनै गुटबन्दी नरहेको बताइरहँदा नेपालले नै ओलीविरुद्व एैलान छेडेका छन् ।

उखान र टुक्काले पार्टी नचल्ने र पार्टीलाई ओलीले तहसनहस बनाएको माधव नेपालले एक कार्यक्रममा बताए । गत सोमबार तुलसीलाल स्मृति प्रतिष्ठानमा बोल्दै नेता नेपालले भने, ‘ओलीविरुद्व बिष्फोटकै चरणमा म पुगिसकेको छु ।’ ओलीले पार्टीभत्र आसेपासेहरुलाई ठाउँ दिएको, पार्टी कमिटिहरु तहसनहस बनाएको, ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदिप ज्ञवाली, सुवास नेम्वाङ र पृथ्वी सुब्बाको झुण्डले एकछत्र काम गरेर अरु कार्यकर्ताको मानमर्दन गरिरहेका छन् ।

नेता नेपालले थपे, ‘ओलीले म बिष्फोटको रुपमा छु भनेर कार्यकर्ता र जनतालाई ढाँटिरहेकाछन् । ओलीका कारण पार्टी दुई फ्ल्याट भइसक्यो । हामी पार्टी फुटाउन चाहँदैनौं, तर ओलीले फुटाइसके ।’

नेपालले ओलीले पार्टीभित्र चरम गुटबन्दी गरेको, पार्टी स्कुल विभग र संगठन विभागले ज्ञानेन्द्र शैलीमा काम गरेको समेत खुलासा गरेका थिए । बैठकमा सहभागि एमाले नेताका अनुसार माधव नेपालले ओलीविरुद्व यति बिघ्न रोष प्रकट गरेको नै पहिलो होला ।

ईश्वर पोखरेलको झुण्डले पार्टीका इमान्दार नेता कार्यकर्ताको सदस्यता रिन्यू नगरेको र पार्टी हित विपरित काम गरेकाहरुलाई मात्र सदस्यता दिएकोमा समेत नेता नेपालले रोष प्रकट गरेका थिए । नेता नेपालको कुरा सुनेपछि प्रतिष्ठानमा रहेका एमाले नेता खगराज अधिकारीसहितका नेताले टिप्पणी गरे । उखान टुक्काले पार्टी नै सखाप बनाउने भयो । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो