असोज ७, काठमाडौं | नेकपा एमालेभित्र सुरु भएको झगडा भुसको आगो झैं फैलन शुरु गरेको छ । एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र एकलौटी ढंगले कामकाज अगाडि बढाएपछि माधव र झलनाथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७, काठमाडौं | नेकपा एमालेभित्र सुरु भएको झगडा भुसको आगो झैं फैलन शुरु गरेको छ । एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र एकलौटी ढंगले कामकाज अगाडि बढाएपछि माधव र झलनाथ"/>
२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको कारण एमाले फुट्ने गम्भीर संकेत

२०७३, ७ आश्विन शुक्रबार ०३:३३

असोज ७, काठमाडौं | नेकपा एमालेभित्र सुरु भएको झगडा भुसको आगो झैं फैलन शुरु गरेको छ । एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र एकलौटी ढंगले कामकाज अगाडि बढाएपछि माधव र झलनाथ खनाल ओलीसँग आगो भएका हुन् ।

त्यसो त ओलीसँग नेता बामदेव गौतम पनि भित्रैदेखि रिसाएका छन् । संसदीय दलको चुनाव ताका गौतमलाई आफू अध्यक्षमा निर्वाचित भएपछि संसदीय दलको नेता दिने उधारो सम्झौता गरेका थिए । तर, ओलीले गौतमलाई न त संसदीय दलको नेता नै बनाए, न त उनले भनेअनुसार नै पार्टी चलाए ।

दुई साताअघि आफ्नो घरमा आएका पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै झलनाथले पार्टी फुटाउने गम्भिर षड्यन्त्र भइरहेको बताएर ओलीमाथि चौतर्फी प्रहार गरेका थिए । ओलीले पार्टी संगठनभित्र ईश्वर पोखरेल, प्रदिप ज्ञवाली, शंकर पोखरेल र पूर्वसभामुखका रुपमा चिनिएका ओलीका विश्वासपात्र सुवास नेम्वाङलाई चेपेर माधव र झलनाथका नेता कार्यकर्तालाई पार्टीभित्र दमन गर्न थालेपछि खनालले यस्तै रहेमा पार्टी विभाजनको संघारमा पुग्ने चेतावनी समेत दिएका थिए ।

माधवको आक्रोश 

प्रचण्डको सहयोगमा सत्तासिन भएका ओलीले माओवादी केन्द्रसँग गरेको सहमति भाँडेकोमा शुरुदेखि नै माधव नेपाल क्रुद्व थिए । माओवादीसँग भएको सहमति कायम गरेर प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्छ भनेर झलनाथ र माधवले पार्टीभित्र लबिङ नै गरेका थिए ।

तर, ओलीले ती कुरलाई लत्याइदिए । प्रचण्डविरुद्व खनिएका ओलीले आफूलाई राष्ट्रवादी देखाउन यतिबेला आफ्नो पार्टीभित्र कुनै गुटबन्दी नरहेको बताइरहँदा नेपालले नै ओलीविरुद्व एैलान छेडेका छन् ।

उखान र टुक्काले पार्टी नचल्ने र पार्टीलाई ओलीले तहसनहस बनाएको माधव नेपालले एक कार्यक्रममा बताए । गत सोमबार तुलसीलाल स्मृति प्रतिष्ठानमा बोल्दै नेता नेपालले भने, ‘ओलीविरुद्व बिष्फोटकै चरणमा म पुगिसकेको छु ।’ ओलीले पार्टीभत्र आसेपासेहरुलाई ठाउँ दिएको, पार्टी कमिटिहरु तहसनहस बनाएको, ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदिप ज्ञवाली, सुवास नेम्वाङ र पृथ्वी सुब्बाको झुण्डले एकछत्र काम गरेर अरु कार्यकर्ताको मानमर्दन गरिरहेका छन् ।

नेता नेपालले थपे, ‘ओलीले म बिष्फोटको रुपमा छु भनेर कार्यकर्ता र जनतालाई ढाँटिरहेकाछन् । ओलीका कारण पार्टी दुई फ्ल्याट भइसक्यो । हामी पार्टी फुटाउन चाहँदैनौं, तर ओलीले फुटाइसके ।’

नेपालले ओलीले पार्टीभित्र चरम गुटबन्दी गरेको, पार्टी स्कुल विभग र संगठन विभागले ज्ञानेन्द्र शैलीमा काम गरेको समेत खुलासा गरेका थिए । बैठकमा सहभागि एमाले नेताका अनुसार माधव नेपालले ओलीविरुद्व यति बिघ्न रोष प्रकट गरेको नै पहिलो होला ।

ईश्वर पोखरेलको झुण्डले पार्टीका इमान्दार नेता कार्यकर्ताको सदस्यता रिन्यू नगरेको र पार्टी हित विपरित काम गरेकाहरुलाई मात्र सदस्यता दिएकोमा समेत नेता नेपालले रोष प्रकट गरेका थिए । नेता नेपालको कुरा सुनेपछि प्रतिष्ठानमा रहेका एमाले नेता खगराज अधिकारीसहितका नेताले टिप्पणी गरे । उखान टुक्काले पार्टी नै सखाप बनाउने भयो । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल