२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडाका अर्बपति नेपाली जेलमा

२०७३, ८ आश्विन शनिबार ०२:३५

असोज ८, काठमाडौं | अर्नेष्ट फेनविक म्याकन्टोस क्यानडाको न्याय प्रशासनमा निकै चर्चित नाम हो ।

उनै म्याकन्टोसका कारण तीन वर्अघि त्यहाँका प्रान्तीय कानुनमन्त्रीले राजीनामा दिनुपरेको थियो । तिनै ७२ वर्षीय म्याकन्टोस २० महिनादेखि नेपाली जेलमा रहेको खबर छ ।

राम्रेा काम गरेर उनले क्यानडामा चर्चा कमाएका भने होइनन् । बाल यौनदुराचार र न्यायालयमा पैसाको धाकले प्रभाव जमाएका कारण उनले क्यानडामा हंगामा मच्चाएका हुन् ।

अर्वपति व्यापारी भएर पनि बाल यौनदुराचार मुद्दाका कारण उनी कुख्यात भएका थिए । जघन्य अपराधमा समेत क्यानडा अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि ठूलै विवाद गलेको थियो ।

तिनै म्याकोन्टोस ४ पुस २०७१ मा ललितपुरबाट पक्राउ परेका थिए । ललितपुर जिल्ला अदालतले उनलाई सात वर्ष कैद सजाय सुनाएको छ ।

पुल्चोकस्थित क्याफे ब्राजिल गेष्टहाउमा बस्दै आएका उनले विभिन्न प्रलोभनमा बालकहरुलाई आफ्नो कोठामा लैजाने र अप्रार्कतिक मैथुन गर्ने गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर