१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैं विदामा मजदुरी गर्न भारत

८ आश्विन २०७३, शनिबार ०३:०३

असोज ८, चैनपुर | दसैं तिहारको छुट्टीमा अधिकांश विद्यार्थी, साथीभाइ र आफन्तसँग रमाइलो गर्न मन पराउँछन्। तर, बझाङ चिरबुंगल क्षेत्रका विद्यार्थी भने यही बेला भारत पस्छन् मजदुरी गर्न। 

दसैं तिहारमा हुने लामो विदालाई उनीहरूले केही रकम कमाउने अवसरका रूपमा लिन्छन् र एक महिना भारतको उत्तराञ्चलमा मजदुरी गरेर लुगाफाटो र मरमसला जोडेर फर्कन्छन्।

अर्धवार्षिक परीक्षापछि असोज १३ गते दसैं विदा भएर विद्यालय एकैपटक कात्तिक १७ गते खुल्ने जानकारी पाएपछि देवेश्वरी उच्च मावि, देउखेलमा पढ्ने सात विद्यार्थी भारत हिँडे। बझाङबाट रात्री बस चढेका उनीहरू श्रीभारको डोले होटलमा बुधबार नास्ता खाँदै थिए। त्यसबेला एउटा टोली गइसकेको र आफूहरू दोस्रो टोली भएको कक्षा नौ मा पढ्ने ललित महराले जानकारी दिए। ललितले गतवर्ष पनि दसैं तिहार विदामा भारत गएर ६ हजार रूपैयाँ कमाएका थिए।

यसपाली पनि कमाउन हिँडेको बताउँदै उनले आफ्नो टोलीमा कक्षा ९ मा पढ्ने दिपेन्द्र बोहरा र सुरेन्द्र बोहरा , कक्षा ८ मा पढ्ने दिपक महर सहित धन बोहरा रहेको पनि बताए ।

घरपरिवारमा खानलाई पनि नहुने र स्कुल खर्चका लागी लुगाकपडा किताब कापीको खर्च समस्या भएकाले यस क्षेत्रका अधिकाँस विद्यार्थीहरु यो सिजनमा मजदुरी गर्न भारत जाने गरेको धन बहादुर बोहराले बताए । एक महिना त्यहाँ काम गर्छौ उनले भने स्कुल लाग्ने बेला तुरुन्तै फ्रकिहाल्छौ ।

भारतको उत्तराञ्चलको पिथरागड क्षेत्रमा जाने यि विद्यार्थीहरु त्यहाँ घाँस काट्ने, धान काट्ने सडकको काम साथै घर बनाउने जस्ता मजदुरीकाम गर्ने गरेको सुनाए । देउलेखका विद्यार्थी जस्तै सुनकुडा, स्याडी र उता बुंगोलका हाईस्कुल पढ्ने विद्यार्थीहरु पनि यो समयमा प्राय पिथरागड कमाउन जाने प्रचलन यहाँ रहेको स्थानिय लोकेन्द्र बोहराले भने । – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’