असोज १०, काठमाडौं | इस्लामिक स्टेट (आइएस) का सदस्यलाई फर्जी कागजपत्र बनाएर सघाएको आरोपमा मलेसियाबाट डिपोर्ट गरिएका नेपाली महेन्द्रजंग शाहले १ सय १४ विदेशीलाई नक्कली भिस"/> Sajhasabal असोज १०, काठमाडौं | इस्लामिक स्टेट (आइएस) का सदस्यलाई फर्जी कागजपत्र बनाएर सघाएको आरोपमा मलेसियाबाट डिपोर्ट गरिएका नेपाली महेन्द्रजंग शाहले १ सय १४ विदेशीलाई नक्कली भिस"/>
१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट देश निकाला भएका नेपालीबारे नयाँ खुलाशा

१० आश्विन २०७३, सोमबार ०२:०८

असोज १०, काठमाडौं | इस्लामिक स्टेट (आइएस) का सदस्यलाई फर्जी कागजपत्र बनाएर सघाएको आरोपमा मलेसियाबाट डिपोर्ट गरिएका नेपाली महेन्द्रजंग शाहले १ सय १४ विदेशीलाई नक्कली भिसा लगाइदिएको देखिएको छ।

१४ वर्षदेखि मलेसियामा होटल व्यवसायमा संलग्न रहेका शाहले नक्कली भिसा लगाएर ठगी गरेको भन्दै परेको उजुरीको अनुसन्धानमा उनले १ सय ५० जनालाई मलेसियाको नक्कली भिसा लगाएको र तीमध्ये १ सय १४ विदेशी नागरिक रहेको खुलेको मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्नेतले जानकारी दिएका छन् । 

कान्तिपुरमा केपी ढुंगाना अघि लेख्छन्- ‘नक्कली भिसा लगाएर ११ हजारदेखि १५ हजार रिंगेटसम्म लिएको देखिएपछि अनुसन्धान गरेका थियौं,’ बस्नेतले भने, ‘त्यसैका आधारमा दूतावासले ७ महिनाअघि मलेसियन सरकारलाई जानकारी गराएको थियो।’

बस्नेतका अनुसार उनीविरुद्ध ३६ नेपालीले आफू ठगिएको भन्दै दूतावासमा उजुरी दिएपछि अनुसन्धान सुरु भएको थियो। अनुसन्धानमा शाहले नेपालीलाई मात्रै नभई अन्य विदेशी नागरिकलाई समेत नक्कली भिसा लगाइदिएर मलेसिया ल्याएको खुलेपछि मलेसियाको आतंकवादसम्बन्धी अनुसन्धान गर्ने ‘एन्टी टेररिस्ट युनिट’ ले अगस्ट १७ मा पक्राउ गरेको राजदूत बस्नेतले जानकारी दिए।

सोही युनिटले बंगलादेशी, मोरक्कन र मलेसियन नागरिकलाई समेत पक्राउ गरेको थियो । मलेसियन प्रहरीले ३ विदेशीलाई डिपोर्ट गर्दै मलेसियन नागरिकलाई भने अनुसन्धानका लागि हिरासतमा राखेको थियो। शाहलाई १४ दिनसम्म हिरासतमा राखेपछि ‘उसलाई नेपालमै अनुसन्धान गरी कारबाही गर्नू’ भन्दै मलेसियन प्रहरीले दूतावासमा बुझाएपछि नेपाल पठाएको बस्नेतको कथन छ ।

शाहको राहदानी फेला नपरेपछि दूतावासले ट्राभल डकुमेन्ट बनाएर नेपाल पठाएको बस्नेतले बताए । नक्कली भिसा लगाएर मलेसिया ल्याएकामध्ये केही व्यक्तिको सम्बन्ध आतंकवादी संगठनसँग देखिएको हुन सक्ने बताउँदै राजदूत बस्नेतले त्यसबारे मलेसिया सरकारसँग जानकारी मागिएको बताए ।

गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्षसमेत रहेका शाह ठगीकै अभियोगमा कारबाहीमा परेका थिए। उनीविरुद्ध दूतावास र मलेसिया प्रहरीमा ठगीको उजुरी परेपछि २०१६ अप्रिल २३ मा बसेको एनआरएन मलेसियाको बैठकले उनलाई अध्यक्ष पदबाट हटाएको थियो ।

एनआरएन मलेसियाले उनीमाथि कारबाहीबारे जारी गरेको विज्ञप्तिमा ‘शाह विवादित भएपछि संस्थाको इज्जत र संस्थागत मर्यादाको विशेष ख्याल गर्दै पदाधिकारीको बहुमतले कारबाही गरेको’ उल्लेख छ।

शाह भदौ १७ मा नेपाल आइपुगेपछि उनलाई अपराध अनुसन्धान महाशाखाले पक्राउ गरी सार्वजनिक अपराधको अभियोगमा ११ दिन हिरासतमा राखेको थियो । मलेसियास्थित दूतावास अधिकारीले डिपोर्ट गरिएको भने पनि शाहका बारेमा विमानस्थल अध्यागमनमा कुनै रेकर्ड छैन ।

मलेसियन दूतावासको जानकारीका आधारमा पक्राउ गरे पनि अनुसन्धानका क्रममा कुनै पीडित नआएको र दूतावाससँग थप जानकारी माग्दा नआएपछि उनलाई सार्वजनिक अपराध अभियोगमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएको महाशाखाका एसपी सहकुल थापाले कान्तिपुरलाई शनिबार जानकारी गराएका थिए ।

राजदूत बस्नेतले शाहलाई नेपाल पठाउँदा परराष्ट्र मन्त्रालयसँगै गृहको शान्तिसुरक्षा महाशाखा र प्रहरीको अपराध अनुसन्धान महाशाखालाई जानकारी गराएको बताए। ‘उनीमाथि सुरुमा ठगीको आरोप मात्रै रहेकाले त्यो बेला त्यही उल्लेख गरेर पठाएका थियौं,’ राजदूत बस्नेतले भने, ‘त्यसपछि हामीसँग प्रहरीले थप जानकारी माग गरेन।’

शाह पक्राउ पर्दाताका ठगीकै आरोप भए पनि नेपाल डिपोर्ट भएको १८ दिनपछि मलेसियाको प्रहरीले पत्रकार सम्मेलन गरी ‘नक्कली कागजपत्र बनाएर आतंकवादी संगठनका सदस्यलाई सघाएको’ आरोप सार्वजनिक गरेको थियो। – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै