असोज ११, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ‘फुल बुलेट प्रुफ’ गाडी हडपेर चढदै आएका छन्। दाहाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ‘फुल बुलेट प्रुफ’ गाडी हडपेर चढदै आएका छन्। दाहाल"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले हडपे महानिरीक्षकको गाडी

११ आश्विन २०७३, मंगलवार ०२:३३

असोज ११, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ‘फुल बुलेट प्रुफ’ गाडी हडपेर चढदै आएका छन्। दाहालले साउन १९ मा प्रधानमन्त्री हुनासाथ प्रधान कार्यालयबाट अर्यालले चढ्दै आएको ‘ल्यान्ड क्रुजर अमाजन’ जिप झिकाएर चढ्न थालेका छन् ।

यो अमेरिकी दूतावासले प्रहरी महानिरीक्षकको सुरक्षाका लागि नि:शुल्क उपहारमा दिएको गाडी हो। त्यतिबेला महानिरीक्षक श्यामभक्त थापा थिए। प्रधानमन्त्री दाहालले आफ्नो ‘ल्यान्ड क्रुजर अमाजन’ लगेर चढेपछि महानिरीक्षक अर्यालले बुलेट प्रुफरहित सामान्य ल्यान्ड क्रुजर गाडी चढ्न थालेका छन्।

महानिरीक्षकको यो गाडी हडप्ने दाहाल पहिलो प्रधानमन्त्री भने होइनन् । उनका पूर्ववर्ती केपी ओलीले समेत उक्त गाडी हडपेर कार्यकालभरि चढेका थिए। ओलीले आफू प्रधानमन्त्री हुनासाथ महानिरीक्षक अर्यालको फुल बुलेट प्रुफ गाडी हडपेर चढेका थिए। ओलीले सुरुमा अर्यालसित एक साताका लागि भनेर उक्त गाडी मागेको, तर आफ्नो कार्यकालभर फिर्ता नगरेको जानकारी स्रोतले दियो ।

ओलीले राजीनामा दिनासाथ उक्त गाडी प्रहरी प्रधान कार्यालयमै फिर्ता भई पुन: अर्यालले चढ्न थालेका थिए। दाहालले पदबहाली हुनासाथ उक्त गाडी मगाएर पुन: चढ्न थालेका हुन्।

‘ओलीले कुन गाडी चढेका थिए, त्यो कहाँ छ भनेर प्रधानमन्त्रीज्यूले सोध्नुभयो, हामीले महानिरीक्षक अर्यालको गाडी चढ्नु हुन्थ्यो, ओलीले राजीनामा दिनासाथ प्रहरी प्रधान कार्यालयमा फिर्ता गएको छ भनेर जानकारी दियौं,’ मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीज्यूले त्यही गाडी मगाउनोस् भन्नुभयो, हामीले मगाइदियौं, अहिले त्यही गाडी चढिरहनुभएको छ ।’ – कान्तिपुर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल