१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टीकापुर हत्या प्रकरणः दंगा भड्काएर नरसंहार

११ आश्विन २०७३, मंगलवार ०२:३६

असोज ११, काठमाडौं | गत वर्ष भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहारका बिषयमा सुरक्षा निकायको छानविन प्रतिबेदनमा किटानी छ, 'उक्त दिन ज्यान मार्ने योजना बनाउने तथा ज्यान मार्ने बचन, निर्देशन दिने प्रतिबादी धनीराम चौधरी, रेशम चौधरी, लक्ष्मण चौधरी, रामचन्द्र चौधरीसमेतलाई कानुन बमोजिम हदैसम्मको कारवाही हुनुपर्ने अनुसन्धान तथा छानविन समितिको ठहरका साथ यो प्रतिबेदन पेश गरेका छौं ।' 

प्रतिबेदनले दोषी किटान गरी कैलाली जिल्ला अदालतमा मुद्दा चलाइएका यीनै अभियुक्त रेशम चौधरीसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका बेला ताज प्यालेस होटलमा भेटेका थिए । भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा उपस्थित भएका चौधरीले उच्च सुरक्षा घेरा पार गर्दै प्रधानमन्त्री दाहाललाई मञ्चमा भेटेर हात मिलाउँदै कुराकानी गरेका थिए ।

प्रतिबेदनले चौधरीलगायतका व्यक्तिले साम्प्रदायिक दंगा भड्काउने खालका अभिव्यक्ति दिई सर्वसाधारणलाई उक्साई हिंसात्मक उत्तेजना फैलाउने कार्य गरेका कारण कैलालीको जनजिवन नाजुक बन्दै गई थरुहट कार्यकर्ता हिंसात्मक बन्दै गएको निश्कर्ष निकालेको छ । प्रधानमन्त्रीको नीजि सचिवालयले भने चौधरीसँग ताज प्यालेस होटलमा भएको भेटघाटलाई 'आकस्मिक' भन्दै प्रतिरक्षा गरेको छ । चौधरी गुप्त भेषमा एक्कासी प्रधानमन्त्रीसँग मञ्चमा देखिएका थिए ।

स्रोतका अनुसार उनीविरुद्ध अदालतमा दायर कर्तव्य ज्यान र हातहतियार डकैंती मुद्दा फिर्ता लिइदिन नयाँ दिल्लिमा कुराकानी भएको थियो । – अन्नपूर्ण 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल