असोज १२, काठमाडौं | हुर्किएकी छोरीले साँझ परेपछि साथीकहाँ जान्छु भनिन् ! आफ्नै दाइले स्कुटरमा हालेर धापाखेलबाट लखनखेलस्थित साथीको घर नजिकै छाडेको ।

तर, बिहान फोन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२, काठमाडौं | हुर्किएकी छोरीले साँझ परेपछि साथीकहाँ जान्छु भनिन् ! आफ्नै दाइले स्कुटरमा हालेर धापाखेलबाट लखनखेलस्थित साथीको घर नजिकै छाडेको ।

तर, बिहान फोन "/>

२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाईलाई ढाँटेर केटाको घर पुगेकी अनुको रहस्मय मृत्यु

२०७३, १२ आश्विन बुधबार ०३:४७

असोज १२, काठमाडौं | हुर्किएकी छोरीले साँझ परेपछि साथीकहाँ जान्छु भनिन् ! आफ्नै दाइले स्कुटरमा हालेर धापाखेलबाट लखनखेलस्थित साथीको घर नजिकै छाडेको ।

तर, बिहान फोन आउँछ, मीनभवनस्थित सिभिल अस्पतालबाट । फोन गर्नेले भन्छन्, ‘उनको डेथ भइसक्यो, जिम्मा लिन आउनुहोला …।’

१७ वर्षकी कलिली छोरी । पढ्छु, केही गर्छु भनेर बुबा र दाजुसँगै काठमाडौं बसेकी । तर, एउटाकहाँ भनेर अर्कै साथीकहाँ जाँदा छोरी कहिल्यै फर्किइनन् ।

उनी कसरी मरिन् ? मारिइन् कि आत्महत्या गरिन् पत्तो छैन् । तर, अर्काकहाँ ज्यालादारी गरेर, ठूलो कष्ट र प्रेमका साथ हुर्काइएकी सिराहका राजेश शाहकी छोरी अनुराधा सोमबार चुपचाप आर्यघाटमा खरानी बनिन् ।

ललितपुरको मानभवनस्थित क्यास्पियन कलेजमा ब्याचलर पढ्दै गरेकी आयुष्मा श्रेष्ठ दाई अनन्तकी साथी । त्यही कारण पनि उनी आयुष्मासँग नजिक थिइन् ।

शनिबार साँझ परेपछि अनुले आयुष्माकहाँ जाने इच्छा गरिन् । अनन्तले ‘जाने भए जाऊ, तर एक्लै नजाऊ’ भने । त्यसपछि साथीको स्कुटी मागेर अनन्त आफैंले बहिनीलाई लगनखेल चोकमा छाडिदिए ।

आयुष्माको घर लखनखेल चाकबाट अलिकति भित्र छ । बहिनीलाई चोकमा छाडेर हिँडेका अन्नत ढुक्क थिए, बहिनी त्यहीँ गएको हो ।

फेरी अनुराधाको माबाइलको डिस्प्ले बिग्रिएको थियो । आएको फोन उठाउन मिल्न, तर चाहेको फोन गर्न नमिल्ने । भोलिपल्ट बिहानै फर्किन्छु भनेकी अनु फर्किइनन् ।

सोध्दाखोज्दा फोन पनि लागेन् । अनन्तले आयुष्मालाई फोन गरे । तर, उनले बहिनी आफूकहाँ नआएको बताइन् ।

यसपछि बल्ल कहाँ के भन्ने खोजी भयो । खोजी हुँदाहुँदै अपरिचित नम्बरबाट फोन आयो, सिभिल अस्पताल बोलाउँदै ।

लगत्तै बुबा राजेशलाई प्रहरीले फोनमा भने, ‘तपाईंकी छोरी सिरियस छ । अहिले सिभिल अस्पतालमा । छिट्टो आउनुस् ।’ परिवारका सदस्यहरु पुग्दा उनले धर्ती छाडेकी थिइन् ।

उनलाई शान्तिनगर गेटमा बस्ने १९–२१० वर्षका आशिष हमालले मृत अवस्थामा अपताल पुर्याएका रहेछन् । अर्थात, आयुष्माकहाँ जान्छु भनेर हिँडकी अनुराधा पुगेकी रहिछन्, आशिषाकहाँ ।

तीनकुने प्रहरीले आशिषलाई तत्कालै नियन्त्रणमा लियो । आशिषका अनुसार अनुलाई उनको कोठामा स्कुटर चढेका आएका एकजना साथीले छाडिदिएका हुन् ।

अनुसँग साथीहरुमार्फत सामान्य चिनजान भएको उनले प्रहरीलाई बताएका छन् । रातको समयमा उनले आशिषको कोठामा बान्ता गरिन् । – जनआस्था साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध