असोज १२, काठमाडौं | हुर्किएकी छोरीले साँझ परेपछि साथीकहाँ जान्छु भनिन् ! आफ्नै दाइले स्कुटरमा हालेर धापाखेलबाट लखनखेलस्थित साथीको घर नजिकै छाडेको ।

तर, बिहान फोन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२, काठमाडौं | हुर्किएकी छोरीले साँझ परेपछि साथीकहाँ जान्छु भनिन् ! आफ्नै दाइले स्कुटरमा हालेर धापाखेलबाट लखनखेलस्थित साथीको घर नजिकै छाडेको ।

तर, बिहान फोन "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाईलाई ढाँटेर केटाको घर पुगेकी अनुको रहस्मय मृत्यु

१२ आश्विन २०७३, बुधबार ०३:४७

असोज १२, काठमाडौं | हुर्किएकी छोरीले साँझ परेपछि साथीकहाँ जान्छु भनिन् ! आफ्नै दाइले स्कुटरमा हालेर धापाखेलबाट लखनखेलस्थित साथीको घर नजिकै छाडेको ।

तर, बिहान फोन आउँछ, मीनभवनस्थित सिभिल अस्पतालबाट । फोन गर्नेले भन्छन्, ‘उनको डेथ भइसक्यो, जिम्मा लिन आउनुहोला …।’

१७ वर्षकी कलिली छोरी । पढ्छु, केही गर्छु भनेर बुबा र दाजुसँगै काठमाडौं बसेकी । तर, एउटाकहाँ भनेर अर्कै साथीकहाँ जाँदा छोरी कहिल्यै फर्किइनन् ।

उनी कसरी मरिन् ? मारिइन् कि आत्महत्या गरिन् पत्तो छैन् । तर, अर्काकहाँ ज्यालादारी गरेर, ठूलो कष्ट र प्रेमका साथ हुर्काइएकी सिराहका राजेश शाहकी छोरी अनुराधा सोमबार चुपचाप आर्यघाटमा खरानी बनिन् ।

ललितपुरको मानभवनस्थित क्यास्पियन कलेजमा ब्याचलर पढ्दै गरेकी आयुष्मा श्रेष्ठ दाई अनन्तकी साथी । त्यही कारण पनि उनी आयुष्मासँग नजिक थिइन् ।

शनिबार साँझ परेपछि अनुले आयुष्माकहाँ जाने इच्छा गरिन् । अनन्तले ‘जाने भए जाऊ, तर एक्लै नजाऊ’ भने । त्यसपछि साथीको स्कुटी मागेर अनन्त आफैंले बहिनीलाई लगनखेल चोकमा छाडिदिए ।

आयुष्माको घर लखनखेल चाकबाट अलिकति भित्र छ । बहिनीलाई चोकमा छाडेर हिँडेका अन्नत ढुक्क थिए, बहिनी त्यहीँ गएको हो ।

फेरी अनुराधाको माबाइलको डिस्प्ले बिग्रिएको थियो । आएको फोन उठाउन मिल्न, तर चाहेको फोन गर्न नमिल्ने । भोलिपल्ट बिहानै फर्किन्छु भनेकी अनु फर्किइनन् ।

सोध्दाखोज्दा फोन पनि लागेन् । अनन्तले आयुष्मालाई फोन गरे । तर, उनले बहिनी आफूकहाँ नआएको बताइन् ।

यसपछि बल्ल कहाँ के भन्ने खोजी भयो । खोजी हुँदाहुँदै अपरिचित नम्बरबाट फोन आयो, सिभिल अस्पताल बोलाउँदै ।

लगत्तै बुबा राजेशलाई प्रहरीले फोनमा भने, ‘तपाईंकी छोरी सिरियस छ । अहिले सिभिल अस्पतालमा । छिट्टो आउनुस् ।’ परिवारका सदस्यहरु पुग्दा उनले धर्ती छाडेकी थिइन् ।

उनलाई शान्तिनगर गेटमा बस्ने १९–२१० वर्षका आशिष हमालले मृत अवस्थामा अपताल पुर्याएका रहेछन् । अर्थात, आयुष्माकहाँ जान्छु भनेर हिँडकी अनुराधा पुगेकी रहिछन्, आशिषाकहाँ ।

तीनकुने प्रहरीले आशिषलाई तत्कालै नियन्त्रणमा लियो । आशिषका अनुसार अनुलाई उनको कोठामा स्कुटर चढेका आएका एकजना साथीले छाडिदिएका हुन् ।

अनुसँग साथीहरुमार्फत सामान्य चिनजान भएको उनले प्रहरीलाई बताएका छन् । रातको समयमा उनले आशिषको कोठामा बान्ता गरिन् । – जनआस्था साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल