२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सबै कम्पनीको आईपीओ भर्नै पर्छ ?

१३ असार २०८०, बुधबार ०८:३८

असार १३, काठमाडौँ | पछिलो समय धितोपत्र बोर्डले जस्तोसुकै कमजोर कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिइरहेको छ । बोर्डमा कागजपत्र पुर्‍याएर आवेदन दिने कम्पनीलाई लामो समय नकुराई बोर्डले आईपीओ निष्कासन गर्न स्वीकृति दिँदै आएको छ ।

तर, आईपीओ निष्कासन गर्ने सबै कम्पनीमा आवेदन दिनुपर्छ भन्ने छैन । कुनै पनि कम्पनीले आईपीओ निष्कासन गरेपछि त्यसको वित्तीय विवरणलाई आवेदकले ध्यानपूर्वक हेर्नुपर्छ । विशेषतः कम्पनीको प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ र नाफा नोक्सानलाई लगानीकर्ताले ध्यान दिनुपर्ने हुन्छ ।

आईपीओ खरिदका लागि बढी आवेदन पर्दा पनि अहिले घाटा बाढ्नकै लागि बजारमा जस्ता पनि कम्पनीहरू आउने गरेका छन् ।

जस्तोसुकै कम्पनी पनि बजारमा आउने वातावरण राम्रो भएको भन्दै ती कम्पनी छनोट लगानीकर्ता आफैँले गर्नुपर्ने नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल बताउँछन् । कम्पनी कस्ता छन् भनेर अण्डरराइटरले अण्डरराइटिङ गर्ने भएकाले बोर्डको कुनै पनि दोष नहुने हमाल बताउँछन् ।

“हाम्रो अण्डरराइटिङ गर्ने प्रणाली नै गलत छ । यसलाई सुधार्न आवश्यक छ । बजारमा म त भन्छु, दुई÷तीन हजार कम्पनी नै सूचीकृत हुन् । लगानीकर्ताले छानीछानी यस्ता कम्पनीको सेयर खरिद गर्न पाउन्,” उनले भने, “तर, हाम्रो प्रणालीको विकास हुन सकेको छैन । सुधार गर्नुपर्ने धेरै छ । सचेत लगानीकर्ता हुनुपर्छ । जुन पनि आईपीओ खरिद गर्नु हुँदैन ।”

घाटामा गएका कम्पनीलाई लगानीकर्ताले नै मतलब नगरेपछि अण्डरराइटरले नै जोखिम बहन गर्नुपर्ने पनि उनले बताए । पछि दोस्रो बजारमा सूचीकृत भएपछि अंकित मूल्यभन्दा कम मूल्यमै पाउन सकिने उनले बताए । यसका लागि लगानीकर्ता नै सचेत भएर प्राथमिक सेयरमा लगानी गर्नुपर्ने उनले बताए ।

पछिल्लो समय जुनसुकै कम्पनीको आईपीओमा पनि आवेदन दिने प्रवृत्ति व्यापक छ । यसले गर्दा बिक्री प्रबन्धक र कम्पनीलाई नै फाइदा हुने गरेको छ । घाटामै रहेका कम्पनीको सेयर मूल्य बढ्ने आशाले लाभांशको कुनै आधार नहेरी दोस्रो बजारमा खरिदकर्ताहरू उत्साहित हुने गरेका छन् ।

उनीहरूले आफूसँग भएको १० कित्ता सेयर पनि नबेची बसेका हुन्छन् । सेयर होल भएपछि त्यो कम्पनीको सेयर मूल्य उच्च हुँदै जान्छ । बजारको बारेमा थाहा नभएकाहरूले त्यही बढेको सेयर खरिद गर्दछन् । उनीहरूले उच्च मूल्यमा किनेको सेयर एकैपटक धेरैले बेच्न थालेपछि घटेर अंकित मूल्यको आसपासमा आउन सक्छ ।

“बजारमा कारोबार गर्नेहरूले त यो सबै बुझेका हुन्छन् । तर, सोझा लगानीकर्ताले भने यसको भाउ नपाउँदा घाटा ब्यहोर्नुपर्ने अवस्था सृजना हुन्छ । १० कित्ते नीतिले पनि यस्तो समस्या आउने गरेको छ,” अध्यक्ष हमाल बताउँछन् । १० कित्ते नीतिले सबैलाई जोड्न सकेको भएपनि यही नीतिले गर्दा बजारमा जस्तो पनि कम्पनीको आईपीओ बिक्री हुने गरेको उनले बताए ।

यसलाई सुधार गर्न लगानीकर्तामा नै यो कम्पनीमा लगानी गर्नुहुँदैन भन्ने भावना सबैमा आउनुपर्ने पनि उनले बताए । आईपीओ निष्कासन पछि पनि बर्सौैसम्म घाटामै हुने कम्पनीमा लगानी गरेर उपलब्धि नहुने पनि उनले बताए ।

“अहिले हजार रुपैयाँमा आईपीओ भर्न पाएकाले जसले पनि भरिरहेका छन् । यसले साँच्चिकै समस्या पारेको छ,” उनले भने, “हजार रुपैयाँ त हो भनेर जस्तो पनि कम्पनीमा लगानी गरिदिँदा अण्डरराइटरलाई पनि मलजल पुगेको छ । उनीहरूले आफ्नो दायित्व पनि राम्रोसँग पुरा गरेका छैनन् ।”

बजारमा केही त्यस्ता कम्पनी पनि आएका छन्, जुन कम्पनीले ४–५ वर्षदेखि घाटा ब्यहोरिरहेका छन् । लगानीकर्तालाई केही दिएका छैनन् । सेयर मूल्य पनि कम भएर बसेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य