२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

अल्पमतमा रहेको इण्डिया गठबन्धनले किन ल्यायो मोदीविरुद्ध अविश्वास प्रस्ताव ?

२३ श्रावण २०८०, मंगलवार १२:२४

साउन २३, काठमाडौँ | नरेन्द्र मोदी सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि भारतीय संसदमा छलफल सुरु भएको छ । लोकसभाका सभामुख ओम बिड्लाले विपक्षीको अविश्वास प्रस्तावमाथि छलफलका लागि अनुमति दिएका हुन् ।

अविश्वास प्रस्ताव पेश गर्दै पहिलो भाषण कांग्रेस सांसद गौरव गोगोईले गरे । मणिपुरमा जारी हिंसालाई लिएर ल्याइएको अविश्वास प्रस्तावमा पहिलो भाषण कांग्रेस सांसद राहुल गान्धीले गर्ने अनुमान थियो, तर गोगोईले सुरु गरे ।


उनी पूर्वोत्तर राज्य असमका हुन् र मणिपुर पनि पूर्वोत्तरमा पर्छ । शायद, यही कारण कांग्रेसले उनलाई अघि सारेको हुनुपर्छ । गोगोई बहस सुरु गर्न उभिएपछि संसदीय कार्यमन्त्री प्रह्लाद जोशीले सोधे, ‘राहुल गान्धीलाई के भयो ? हामी त प्रतिक्षा गरिरहेका थियौं ।’

२४ मार्चमा निलम्बनमा परेका कांग्रेस सांसद गान्धी सर्वोच्च अदालतको आदेशपछि मंगलबार पहिलो पटक संसदमा उपस्थित भएका थिए ।

गोगोईले सोधेको तीन प्रश्न

अविश्वास प्रस्तावमाथि छलफल सुरु गर्दै कांग्रेस सांसद गौरव गोगोईले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि तीन प्रश्न गरे ।

पहिलो, अहिलेसम्म प्रधानमन्त्री मोदी मणिपुर किन गएनन् ?

दोस्रो, हिंसाबारे मोदीले अहिलेसम्म किन बोलेनन् ?

र, तेस्रो, प्रधानमन्त्रीले मणिपुरको मुख्यमन्त्रीलाई किन बर्खास्त गरेनन् ?

सम्बोधनका क्रममा कांग्रेस सांसद गोगोईले सरकारसँगै प्रधानमन्त्री मोदीमाथि थुप्रै प्रश्न उठाएका छन् । महत्वपूर्ण मुद्दामा मोदीले मौनता साँध्ने गरेको भन्दै उनले भने, ‘बीजेपीले एक भारतको कुरा गर्छ, तर दुई मणिपुर बनायो । बीजेपीले सत्ताका लागि देशको अखण्डतालाई खतरामा पारिरहेको छ ।’

गोगोईको बीजेपी सांसद निशिकान्त दुबेले जवाफ दिए । उनले विपक्षी गठबन्धनसँगै कांग्रेसका पूर्व अध्यक्ष सोनिया गान्धीमाथि समेत प्रश्न उठाएका छन् ।

किन आयो अविश्वास प्रस्ताव ?

मोदीविरुद्ध अविश्वासको प्रस्ताव आएको यो पहिलो पटक होइन । २०१८ मा तेलगू देशम पार्टीले पनि अविश्वासको प्रस्ताव ल्याएको थियो ।

लोकसभाका ५० सांसद जुटाएपछि कुनै पनि बेला सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सकिन्छ ।

तर बहुमतका लागि २७२ सांसद चाहिन्छ । एनडीएसँग ३३१ सांसद छ भने बीजेपी एक्लैसँग ३०३ छ ।

अर्थात विपक्षी गठबन्धन एक भएपनि अविश्वासको प्रस्तावबाट बच्न बीजेपीसँग पर्याप्त संख्या छ ।

२६ दलको गठबन्धन इण्डियासँग १४४ सांसद मात्र छ । गठबन्धनमा संलग्न नभएका बीजेडी, बीआरए र वाईएसआर कांग्रेससँग ७० सांसद छ । यो अंकगणित बुझेका विपक्षी गठबन्धनले किन अविश्वास प्रस्ताव ल्यायो त ? किनकी मणिपुर घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा आएर विस्तृत बयान दिउन् ।

मणिपुरमा भइरहेको हिंसाबारे संसदमा छलफल गर्नुपर्ने र प्रधानमन्त्री मोदीले जवाफ दिनुपर्ने विपक्षीको माग छ । तर मोदीले संसदमा आएर जवाफ दिएका छैनन् ।

गृहमन्त्री अमित शाह आएर बोल्ने गरेका छन् । निरन्तर माग गर्दा पनि प्रधानमन्त्री संसदमा नआएपछि विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याए्, जसको मोदी आफैं संसदमा आएर जवाफ दिनुपर्छ । बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य