असोज १६, काठमाडौं | पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए ।

हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, काठमाडौं | पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए ।

हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति व"/>

८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमानीको हात समातेर पारस छमछमी नाचेपछि…

१६ आश्विन २०७३, आईतवार ०२:०६

असोज १६, काठमाडौं | पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए ।

हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा पारस र हिमानीलाई नचाउने पात्र पाहुनाहरू भएको खबर छ।

सुनाकोठीबाट सोल्टी पुगेका पारस र निर्मल निवासबाट सोल्टी होटल पुगेकी हिमानी एकै ठाउँमा बसेर जन्मदिन मनाएका थिए ।

पत्नी सोल्टी पुग्नुभन्दा अगावै पारस पुगिसकेका थिए। नेपाली धुनसँगै सुरु भएको रात्री भोजको नाचगान राति १० बजेबाट सुरु भएको थियो।

पूर्वराजपरिवारका अधिकांश सदस्यको उपस्थिति रहेको भोज ८ बजेबाट सुरु भएको थियो।

हिमानीको जन्मदिन हिजो शनिबार भए पनि शुक्रबार जन्मदिन मनाइएको थियो। जन्मोत्सवमा भोजस्थल विशेष रूपमा सजाइएको थियो।

बिभिन्न ब्राण्डका ह्वीस्की, वाइन र बियरको व्यवस्था गरिएको भोज सोल्टी होटलले निर्माण गरेको केक काटेर सुरूआत गरिएको थियो। हिमानीले केक काट्नासाथ सबै पाहुनाले शुभकामना दिएका थिए।

केक काट्दा पति पारस,  पूर्वराजा ज्ञानेद्र, पूर्वरानी कोमल र उनका नाती नातिना सँगै थिए। बुहारीको जन्मदिन मनाउन पूर्वराजा ज्ञानेन्द्र र कोमल सात बजे सोल्टी पुगेका थिए।

डान्स पार्टी सुरू भएपछि सबैले नेपाली गीतमा नाचगान गरेका थिए। नाच सुरू हुनासाथ पारस र हिमानीलाई हात समाएर नचाइएको थियो। हिमानी र पारस दुबैले हात समातेर नाच्दा सबैले ताली बजाएका थिए। ८ बजे सुरू पार्टी मध्यरात सकिएको थियो। – नेपाल समाचार पत्र

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने