१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैँको उपहार लिएमा लिने/दिने दुबैलाई कारबाही !

१६ आश्विन २०७३, आईतवार ०२:३७

असोज १६, काठमाडौं | दसैँ र तिहारको शुभकामना स्वरूप नजिकको प्रहरी कार्यालयलाई खसी, बोका तथा नगद उपहार दिँदै हुनुहुन्छ भने होशियार, खोरमा थुनिनु पर्ला । 

विशेष गरी उपत्यकामा तैनाथ ट्राफिक प्रहरी र अन्य प्रहरी कार्यालय प्रमुखलाई दसैँ र तिहारको शुभकामना तथा उपहारका नाममा खसी, बोका, कुखुरा र नगद नलिन निर्देशन दिइएको छ ।

यसरी आएको कुनै चिज–बस्तु लिएमा सम्बन्धित कार्यालय प्रमुख र दिन आउने व्यक्तिलाई कारबाही हुनेछ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस विषयमा पत्राचार नै गरेको छ । महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले चाडबाडका नाममा नगद तथा मासु र मदिरालगायतका बस्तु उपहार लिनु/दिनु लज्जाजनक कार्य र कानुनी रूपमा अपराध भएको बताए ।

प्रहरीले यस्तो कुरा लिनै मिल्दैन ।  उनले भने, “यदि कसैले लिएको पाइएमा तत्काल कारबाही हुनेछ र दिनेलाई समेत कारबाही हुन्छ । ”

उनले उपहार लिने र दिने नाममा चाडबाडमा प्रहरी बदनामी हुने गरेकाले कोही दिन आएमा फिर्ता गर्न निर्देशन दिएका छन्। महाशाखा अन्तर्गत उपत्यकामा रहेका प्रत्येक प्रभाग र वृत्तलाई दसैँको उपहार नलिन निर्देशन दिएको छ । 

महाशाखाले दसैँ र तिहारमा मापसे चेकिङलाई कडा र प्रभावकारी बनाउने तयारी गरेको छ ।  चाडबाडको रमाइलोका नाममा मदिरा सेवन अधिक हुने भएकाले सवारी दुर्घटना नियन्त्रण गर्न मापसे चेकजाँच कडा पारिएको हो । 

यता महानगरीय प्रहरी परिसर काठमाडौँले पनि मातहतका प्रहरी कार्यालय वृत्त, प्रभाग र बिट प्रमुखलाई क्षमताले भ्याए खसी नभ्याए फर्सी खाएर दसैँ र तिहार मनाउन निर्देशन दिएको छ । 

परिसरका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले दसैँका नाममा खसी, बोका, मदिरा र नगद मागे कारबाही हुने सबैलाई मौखिक रूपमा निर्देशन भइसकेको जानकारी दिए।

यसैबीच, गोङ्गबु नयाँबसपार्कबाट सुदूरपश्चिम क्षेत्रमा चल्ने बसको टिकट सकिएको हल्ला फैलिएपछि त्यसको समाधान गर्न प्रहरी निरीक्षक पूर्णिमा चन्द आफै खटिएका छन्। महानगरीय प्रहरी प्रभाग बसपार्क प्रमुख चन्दले टिकट सकिएको हल्ला निराधार भएको बताए।

अन्य क्षेत्रको भन्दा सुदूरपश्चिम जानेको चाप बाक्लो छ, उनले भने, ‘सीमित यातायातका साधन, यात्रुको बाक्लो चापका कारण टिकटमा सामान्य समस्या देखिए पनि बस थप्नेबित्तिकै सबै समस्या समाधान हुन्छ, बसपार्क क्षेत्र आजसम्म अपराधमुक्त क्षेत्र भएको छ ।’ – गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का