२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

चन्द्रमाले कम गर्दैछ पृथ्वीको गति, यी हुन् चन्द्रमाका १० रोचक तथ्य

८ भाद्र २०८०, शुक्रबार ०९:१८

एजेन्सी | भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर विश्व कीर्तिमान कायम गरेको छ । साथै चन्द्रमामा पुग्ने भारत विश्वको चौथो देशसमेत बनेको छ ।

चन्द्रयान–३ ले चन्द्रमाको थप अनुसन्धान गरेर नवीन तथ्यहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमा एक प्रकारले रहस्यले भरिएको छ । यसका विभिन्न पहलुहरु छन्, जसका बारेमा वैज्ञानिकहरुले खोज अनुसन्धान गरिरहेका छन् ।


चन्द्रमाबारे पत्ता लागेका १० रोचक तथ्य यस्ता छन्-

१. गोलो छैन चन्द्रमा

पूर्णिमाको रातमा चन्द्रमा पूर्णरुपमा गोलाकार देखिन्छ । तर वास्तवमा एक उपग्रहको रुपमा चन्द्रमा पूर्णरुपमा गोलो नभई अण्डाकार छ । यस्तोमा जब तपाईं चन्द्रमातर्फ हेर्नुहुन्छ यसको केहीमात्रै हिस्सा देखिन्छ । चन्द्रमा गोलो नभएका कारणले यसको भार पनि उसको ज्यामितीय केन्द्रमा छैन । यो आफ्नो जामितीय केन्द्रबाट १.२ माइल टाढा छ ।

२. कहिल्यै पूरा देखिँदैन चन्द्रमा

चन्द्रमा जति नै देखिए पनि त्यसको अधिकतम ५९ प्रतिशत भागमात्रै पृथ्वीबाट देखिन्छ । यसको ४१ प्रतिशत भाग पृथ्वीबाट देखिँदैन । यदि तपाईं चन्द्रमामा गएर त्यो ४१ प्रतिशत भूभागवाला हिस्सामा उभिनुभयो भने त्यहाँबाट पृथ्वी देखिँदैन ।

३. ज्वालामुखी विस्फोटन र ब्लू मूनबीच सम्बन्ध 

चन्द्रमासँग सम्बन्धित ब्लू मून शव्द सन् १८८३ मा इण्डोनेसियाको क्राकातोआ टापुमा भएको ज्वालामुखी विस्फोटनपछि प्रयोगमा आएको हो । यसलाई पृथ्वीको इतिहासको सबैभन्दा भीषण ज्वालामुखी भनिन्छ । उक्त विस्फोटनको आवाज पश्चिमी अष्ट्रेलियास्थित पर्थ सहर तथा मौरिसससम्मै सुनिएको बताइन्छ । सो ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा यति धेरै खरानी फैलियो कि रातमा चन्द्रमा पनि निलो देखिन थाल्यो । त्यसबाटै ‘ब्लू मून’ अर्थात् नीलो चन्द्रमा शव्द प्रचलनमा आयो ।

४. चन्द्रमामा ज्वालामुखी विस्फोटन 

एक समय यस्तो पनि थियो जब अमेरिकाले चन्द्रमामा परमाणु हतियार प्रयोगका बारेमा गम्भीरतापूर्वक विचार गरिरहेको थियो । उसको उद्देश्य सोभियत संघलाई अमेरिकी सैन्य शक्तिका बारेमा जानकारी दिनु थियो ताकि सोभियत संघलाई दबाब दिन सकियोस् । सो गोप्य परियोजनाको नाम ‘अ स्टडी अफ लूनार रिसर्च फ्लाइट्स’ अर्थात् ‘प्रोजेक्ट ए ११९’ थियो ।

५. चन्द्रमामा गहिरा खाडल 

वैज्ञानिकहरुका अनुसार चन्द्रमामा हावा छैन । साथै त्यहाँ ठूला खाडलहरु छन् । वैज्ञानिकहरुका अनुसार ‘इम्प्याक्ट क्रेटर’ नामक भिमकाय खाडल चार अर्ब वर्ष पहिले आकाशीय पिण्डहरुको टक्करका कारण सिर्जना भएको थियो ।

६. पृथ्वीको गतिलाई कम गर्दैछ चन्द्रमा 

चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक भएको अवस्थालाई पेरिग्री भनिन्छ । त्यसक्रममा ज्वारभाटाको स्तर पनि सामान्य भन्दा अधिक हुनछ । त्यसक्रममा चन्द्रमाले पृथ्वीको परिक्रमण शक्तिलाई पनि कम गर्दछ । जसका कारणले नै पृथ्वी हरेक एक शताब्दीमा १.५ मिलिसेकेण्डले सुस्त बन्दै गएको छ ।

७. चन्द्रमाको प्रकाश 

पूर्णिमाको चन्द्रमाको तुलनामा सूर्य १४ गुणा धेरै चम्किलो हुन्छ । त्यस्तै एउटा सूर्यले दिने बराबरको प्रकाश प्राप्त गर्नका लागि ३ लाख ९८ हजार ११० वटा पूर्ण चन्द्रमा आवश्यक पर्दछ । चन्द्रग्रहण लागेर चन्द्रमामा पृथ्वीको छायाँ पर्दा चन्द्रमाको सतहको तापक्रम निकै तल झर्दछ । यो प्रक्रियामा ९० मिनेटभन्दा पनि कम समय लाग्दछ ।

८. लियोनार्दो दा भिन्चीको खोज 

कहिलेकाहीँ चन्द्रमा एउटा आधा औँठीजस्तो पनि देखिन्छ । यसलाई अर्धचन्द्र वा बालचन्द्र पनि भनिन्छ । त्यसबेला चन्द्रमामा सूर्यजस्तै केही चमक देख्न सकिन्छ । चन्द्रमाको अरु हिस्सा कमै देखिन्छ । यतिसम्म कि यसलाई नगन्य मान्न सकिन्छ र केही देखिने कुरा पनि  मौसममा निर्भर गर्दछ । ज्ञान इतिहासमा लियोनार्दो दा भिन्चीले नै चन्द्रकलाको विषयमा पत्ता लगाएका थिए । चन्द्रमा खुम्चिने र फैलिने गरेको नभई यसको केही हिस्सामा केबल हाम्रो नजरबाट ओझेल हुने गरेको उनले पत्ता लगाएका थिए ।

९. चन्द्रमाका खाडलको नाम कसले तय गर्दछ ? 

अन्तराष्ट्रिय खगोलविज्ञान संघले केवल चन्द्रमाका खाडलमात्रै होइन कुनै पनि अन्य खगोलीय चिजहरुको नामकरण गर्दछ । चन्द्रमामा विस्फोटबाट बनेका खाडल अर्थात् क्रेटरहरुको नाम चीर परिचित वैज्ञानिक, कलाकार तथा अन्वेषकहरुको नामबाट राखिएको हुनछ ।

एपोलो क्रेटर तथा मेयर मस्कोभिन्स नजिकको क्रेटरका नाम अमेरिकी तथा रुसी अन्तरीक्षयात्रीहरुको नामबाट राखिएको छ । मेयर मस्कोभिन्स चन्द्रमाको त्यो क्षेत्र हो जसलाई चन्द्रमाको सागरीय क्षेत्र भनिन्छ । वास्तवमा चन्द्रमाका यस्ता धेरै तथ्यहरु छन् जसका बारेमा मानिसलाई थाहा नै छैन । एरिजोनास्थित लवेल अब्जरभेटरी अफ फ्लागस्टफले सन् १९८८ मा चन्द्रमाको बारेमा एक सर्भेक्षण गरेको थियो । त्यसमा सहभागी भएकामध्ये १३ प्रतिशतले आफूलाई चन्द्रमा चिजबाट बनेको जस्तो लाग्ने जवाफ दिएका थिए ।

१०. रहस्यमय दक्षिणी ध्रुव

चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्र जहाँ भारतको चन्द्रयान–३ अवतरण गरेको छ, त्यसलाई निकै रहस्यमय मानिन्छ । सो क्षेत्रमा निकै गहिरा खाडलका साथै अग्ला पहाड पनि छन् । जसको छायाँ परेको जमिनमा अर्बौ वर्षदेखि सूर्यको प्रकाश पुगेको छैन ।

– बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य