२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

चन्द्रमाले कम गर्दैछ पृथ्वीको गति, यी हुन् चन्द्रमाका १० रोचक तथ्य

२०८०, ८ भाद्र शुक्रबार ०९:१८

एजेन्सी | भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर विश्व कीर्तिमान कायम गरेको छ । साथै चन्द्रमामा पुग्ने भारत विश्वको चौथो देशसमेत बनेको छ ।

चन्द्रयान–३ ले चन्द्रमाको थप अनुसन्धान गरेर नवीन तथ्यहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमा एक प्रकारले रहस्यले भरिएको छ । यसका विभिन्न पहलुहरु छन्, जसका बारेमा वैज्ञानिकहरुले खोज अनुसन्धान गरिरहेका छन् ।


चन्द्रमाबारे पत्ता लागेका १० रोचक तथ्य यस्ता छन्-

१. गोलो छैन चन्द्रमा

पूर्णिमाको रातमा चन्द्रमा पूर्णरुपमा गोलाकार देखिन्छ । तर वास्तवमा एक उपग्रहको रुपमा चन्द्रमा पूर्णरुपमा गोलो नभई अण्डाकार छ । यस्तोमा जब तपाईं चन्द्रमातर्फ हेर्नुहुन्छ यसको केहीमात्रै हिस्सा देखिन्छ । चन्द्रमा गोलो नभएका कारणले यसको भार पनि उसको ज्यामितीय केन्द्रमा छैन । यो आफ्नो जामितीय केन्द्रबाट १.२ माइल टाढा छ ।

२. कहिल्यै पूरा देखिँदैन चन्द्रमा

चन्द्रमा जति नै देखिए पनि त्यसको अधिकतम ५९ प्रतिशत भागमात्रै पृथ्वीबाट देखिन्छ । यसको ४१ प्रतिशत भाग पृथ्वीबाट देखिँदैन । यदि तपाईं चन्द्रमामा गएर त्यो ४१ प्रतिशत भूभागवाला हिस्सामा उभिनुभयो भने त्यहाँबाट पृथ्वी देखिँदैन ।

३. ज्वालामुखी विस्फोटन र ब्लू मूनबीच सम्बन्ध 

चन्द्रमासँग सम्बन्धित ब्लू मून शव्द सन् १८८३ मा इण्डोनेसियाको क्राकातोआ टापुमा भएको ज्वालामुखी विस्फोटनपछि प्रयोगमा आएको हो । यसलाई पृथ्वीको इतिहासको सबैभन्दा भीषण ज्वालामुखी भनिन्छ । उक्त विस्फोटनको आवाज पश्चिमी अष्ट्रेलियास्थित पर्थ सहर तथा मौरिसससम्मै सुनिएको बताइन्छ । सो ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा यति धेरै खरानी फैलियो कि रातमा चन्द्रमा पनि निलो देखिन थाल्यो । त्यसबाटै ‘ब्लू मून’ अर्थात् नीलो चन्द्रमा शव्द प्रचलनमा आयो ।

४. चन्द्रमामा ज्वालामुखी विस्फोटन 

एक समय यस्तो पनि थियो जब अमेरिकाले चन्द्रमामा परमाणु हतियार प्रयोगका बारेमा गम्भीरतापूर्वक विचार गरिरहेको थियो । उसको उद्देश्य सोभियत संघलाई अमेरिकी सैन्य शक्तिका बारेमा जानकारी दिनु थियो ताकि सोभियत संघलाई दबाब दिन सकियोस् । सो गोप्य परियोजनाको नाम ‘अ स्टडी अफ लूनार रिसर्च फ्लाइट्स’ अर्थात् ‘प्रोजेक्ट ए ११९’ थियो ।

५. चन्द्रमामा गहिरा खाडल 

वैज्ञानिकहरुका अनुसार चन्द्रमामा हावा छैन । साथै त्यहाँ ठूला खाडलहरु छन् । वैज्ञानिकहरुका अनुसार ‘इम्प्याक्ट क्रेटर’ नामक भिमकाय खाडल चार अर्ब वर्ष पहिले आकाशीय पिण्डहरुको टक्करका कारण सिर्जना भएको थियो ।

६. पृथ्वीको गतिलाई कम गर्दैछ चन्द्रमा 

चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक भएको अवस्थालाई पेरिग्री भनिन्छ । त्यसक्रममा ज्वारभाटाको स्तर पनि सामान्य भन्दा अधिक हुनछ । त्यसक्रममा चन्द्रमाले पृथ्वीको परिक्रमण शक्तिलाई पनि कम गर्दछ । जसका कारणले नै पृथ्वी हरेक एक शताब्दीमा १.५ मिलिसेकेण्डले सुस्त बन्दै गएको छ ।

७. चन्द्रमाको प्रकाश 

पूर्णिमाको चन्द्रमाको तुलनामा सूर्य १४ गुणा धेरै चम्किलो हुन्छ । त्यस्तै एउटा सूर्यले दिने बराबरको प्रकाश प्राप्त गर्नका लागि ३ लाख ९८ हजार ११० वटा पूर्ण चन्द्रमा आवश्यक पर्दछ । चन्द्रग्रहण लागेर चन्द्रमामा पृथ्वीको छायाँ पर्दा चन्द्रमाको सतहको तापक्रम निकै तल झर्दछ । यो प्रक्रियामा ९० मिनेटभन्दा पनि कम समय लाग्दछ ।

८. लियोनार्दो दा भिन्चीको खोज 

कहिलेकाहीँ चन्द्रमा एउटा आधा औँठीजस्तो पनि देखिन्छ । यसलाई अर्धचन्द्र वा बालचन्द्र पनि भनिन्छ । त्यसबेला चन्द्रमामा सूर्यजस्तै केही चमक देख्न सकिन्छ । चन्द्रमाको अरु हिस्सा कमै देखिन्छ । यतिसम्म कि यसलाई नगन्य मान्न सकिन्छ र केही देखिने कुरा पनि  मौसममा निर्भर गर्दछ । ज्ञान इतिहासमा लियोनार्दो दा भिन्चीले नै चन्द्रकलाको विषयमा पत्ता लगाएका थिए । चन्द्रमा खुम्चिने र फैलिने गरेको नभई यसको केही हिस्सामा केबल हाम्रो नजरबाट ओझेल हुने गरेको उनले पत्ता लगाएका थिए ।

९. चन्द्रमाका खाडलको नाम कसले तय गर्दछ ? 

अन्तराष्ट्रिय खगोलविज्ञान संघले केवल चन्द्रमाका खाडलमात्रै होइन कुनै पनि अन्य खगोलीय चिजहरुको नामकरण गर्दछ । चन्द्रमामा विस्फोटबाट बनेका खाडल अर्थात् क्रेटरहरुको नाम चीर परिचित वैज्ञानिक, कलाकार तथा अन्वेषकहरुको नामबाट राखिएको हुनछ ।

एपोलो क्रेटर तथा मेयर मस्कोभिन्स नजिकको क्रेटरका नाम अमेरिकी तथा रुसी अन्तरीक्षयात्रीहरुको नामबाट राखिएको छ । मेयर मस्कोभिन्स चन्द्रमाको त्यो क्षेत्र हो जसलाई चन्द्रमाको सागरीय क्षेत्र भनिन्छ । वास्तवमा चन्द्रमाका यस्ता धेरै तथ्यहरु छन् जसका बारेमा मानिसलाई थाहा नै छैन । एरिजोनास्थित लवेल अब्जरभेटरी अफ फ्लागस्टफले सन् १९८८ मा चन्द्रमाको बारेमा एक सर्भेक्षण गरेको थियो । त्यसमा सहभागी भएकामध्ये १३ प्रतिशतले आफूलाई चन्द्रमा चिजबाट बनेको जस्तो लाग्ने जवाफ दिएका थिए ।

१०. रहस्यमय दक्षिणी ध्रुव

चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्र जहाँ भारतको चन्द्रयान–३ अवतरण गरेको छ, त्यसलाई निकै रहस्यमय मानिन्छ । सो क्षेत्रमा निकै गहिरा खाडलका साथै अग्ला पहाड पनि छन् । जसको छायाँ परेको जमिनमा अर्बौ वर्षदेखि सूर्यको प्रकाश पुगेको छैन ।

– बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण