असोज १७, दाङ | परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । इलाका प्रहरी कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७, दाङ | परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । इलाका प्रहरी कार्"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डीएसपी परस्त्रीको कोठामा थुनिएपछि…

२०७३, १७ आश्विन सोमबार ०२:०३

असोज १७, दाङ | परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण प्रसाईं परस्त्रीकाण्डामा मुछिएको घटना बाहिर आएपछि अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको हो । 

प्रहरी नायब महानिरीक्षक माधव नेपालको निर्देशनमा गठन गरिएको छानबिन टोलीको सदस्यमा अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्की र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक विष्णु प्रदिप वस्याल रहेका छन् । छानबिन टोलीले ५ दिनभित्र प्रतिवेदन तयार पारेर क्षेत्रमा बुझाउने गरी जिम्मेवारी पाएको छ ।

अनुसन्धानका लागि गठन भएको छानबिन टोलीले विवादमा तानिएका प्रहरी नायब उपरीक्षक प्रसाई, उनलाई ताला फोडेर बाहिर निकाल्ने प्रहरी जवान, घटनाका प्रत्यक्षदर्शी, घटनामा मुछिएकी महिला र घरमालिकसँग सोधपुछ समेत गरेको प्रहरी उच्च स्रोतले बताएको छ ।

प्रहरी स्रोतका अनुसार प्रसाईंले ‘भान्जी’ गणित विषयमा कमजोर भएकाले सिकाउन जाने गरेको बयान दिएका छन् भने महिलाले तिहारमा टिका लगाउने दाइ भएको बताएकी छन् । उद्धारमा खटिएका प्रहरीले राति करिब ११ बजे कोठामा थुनिएकाले डीएसपी प्रसाईंलाई घरमा लगाएको ताला फोडेर बाहिर निकालेको बताएका छन् ।

नजिकको नाता पर्ने एक व्यक्तिले डीएसपी प्रसाई कोठामा पसेको मौका पारी ताला लगाइदिएका थिए । यता छानबिन समितिका संयोजक प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दले यो गम्भिर विषय भएकाले छानबिन टोली गठन गरेर अनुसन्धान सुरु गरिएको बताए । ‘अनुसन्धान सुरु भएको छ, दोषी पाइएमा प्रहरी नियमावली अनुसार कार्बाही हुन्छ,’ चन्दले भने । उनका अनसार प्रहरीको प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । प्रतिवेदन क्षेत्र हुँदै केन्द्रमा पठाइनेछ । – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से