१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चिल-आँखा’ मा राजधानी सुरक्षा

१८ आश्विन २०७३, मंगलवार ०२:०८

असोज १८, काठमाडौं | 


दशैं आयो, खाउला-पिउँला

कहाँ पाउला

चोरी ल्याउला….!

दसैं छेको गाइने नेपाली समाजमा प्रचलित यो बाल गीतले एउटा सत्य बोल्छ । दसैंका बेला गाउँ सहरमा चोरी डकैती बढ्छ । विगतका घटनाले पनि यसलाई पुष्टी गर्दै आएका छन् ।

उपत्यकामा दसैंका बेला बढ्न सक्ने चोरी डकैतीलगायत अपराधिक घटनाप्रति यसपाली भने प्रहरी अलिक बढी नै चनाखो बनेको खबर छ । यस्ता घटना नियाल्न उसले चिलको साथ लिएको छ। इगल आइ नाम दिइए पनि प्रहरीको यो अभियानमा चिल नामक पन्छी भने सक्रिय हुनेछैन। चिलले आकाशमा कावाँ खाँदै जमिनका चल्ला नियालेझैं चाडपर्वका बेला भिडभाडमा हुनसक्ने लुटपाट, चोरी, झै झगडालाई ‘ईगल आई’ नाम दिइएका ३ सय ३५  वटा सिसिटिभी क्यामेरेलाई नियाल्नेछन् । र प्रहरीलाई झटपट घटनास्थल पुग्न सघाउनेछन् ।

काठमाडौंका चोक, बजार र गल्लीमा हुने भिडभाडका गतिविधि रेकर्ड गर्न थालिसकिएको, गतिविधि शंकास्पद देखिए तत्काल नजिकको प्रहरी घटनास्थल पुग्ने सुरक्षा रणनीति काठमाडौं प्रहरीले लिएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले पछिल्ला तीन दिन भिडभाडमा सम्भावित घटना नियन्त्रण र रोकथाम गर्न सिसिटिभी प्रभावकारी भएको बताए । उनका अनुसार बढी चहलपहल हुने न्युरोड, असन, बागबजार, पुतलीसडक र दरबारमार्गमा रहेका सिसिटिभीको निरन्तर निगरानी भइरहेको छ ।

३० लाख चलायमान जनसंख्या रहेको काठमाडौंमा चाडपर्वकेन्द्रित विशेष सुरक्षाका लागि ३ हजार २ सय ४३ प्रहरी अपुग हुने भएपछि प्रविधिको सहयोग लिइएको हो । प्रहरीले ‘इगल आई’ बाहेक परिसरअन्तर्गत रहेका वृत्त, प्रभाग र पोस्टमा रहेका मोटरसाइकल र गाडीलाई दिनरात पालैपालो चलायमान बनाएको छ ।

‘हामीले करिब २ सय मोटरसाइकल २४सै घन्टा फिल्डमा खटाएका छौं जुन प्रभावकारी भइरहेको छ,’ एसपी प्रद्युम्न कार्कीले नागरिकसँग भने । उनका अनुसार घटनाको जानकारी लिन र दिन प्रहरीले सञ्चालन गरेका निःशुल्क नम्बर र सामाजिक सञ्जाल तथा पुलिस एप्सको समेत मिनेट–मिनेटमा मोनिटरिङ भइरहेको छ । – नागरिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का