२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चिल-आँखा’ मा राजधानी सुरक्षा

२०७३, १८ आश्विन मंगलवार ०२:०८

असोज १८, काठमाडौं | 


दशैं आयो, खाउला-पिउँला

कहाँ पाउला

चोरी ल्याउला….!

दसैं छेको गाइने नेपाली समाजमा प्रचलित यो बाल गीतले एउटा सत्य बोल्छ । दसैंका बेला गाउँ सहरमा चोरी डकैती बढ्छ । विगतका घटनाले पनि यसलाई पुष्टी गर्दै आएका छन् ।

उपत्यकामा दसैंका बेला बढ्न सक्ने चोरी डकैतीलगायत अपराधिक घटनाप्रति यसपाली भने प्रहरी अलिक बढी नै चनाखो बनेको खबर छ । यस्ता घटना नियाल्न उसले चिलको साथ लिएको छ। इगल आइ नाम दिइए पनि प्रहरीको यो अभियानमा चिल नामक पन्छी भने सक्रिय हुनेछैन। चिलले आकाशमा कावाँ खाँदै जमिनका चल्ला नियालेझैं चाडपर्वका बेला भिडभाडमा हुनसक्ने लुटपाट, चोरी, झै झगडालाई ‘ईगल आई’ नाम दिइएका ३ सय ३५  वटा सिसिटिभी क्यामेरेलाई नियाल्नेछन् । र प्रहरीलाई झटपट घटनास्थल पुग्न सघाउनेछन् ।

काठमाडौंका चोक, बजार र गल्लीमा हुने भिडभाडका गतिविधि रेकर्ड गर्न थालिसकिएको, गतिविधि शंकास्पद देखिए तत्काल नजिकको प्रहरी घटनास्थल पुग्ने सुरक्षा रणनीति काठमाडौं प्रहरीले लिएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले पछिल्ला तीन दिन भिडभाडमा सम्भावित घटना नियन्त्रण र रोकथाम गर्न सिसिटिभी प्रभावकारी भएको बताए । उनका अनुसार बढी चहलपहल हुने न्युरोड, असन, बागबजार, पुतलीसडक र दरबारमार्गमा रहेका सिसिटिभीको निरन्तर निगरानी भइरहेको छ ।

३० लाख चलायमान जनसंख्या रहेको काठमाडौंमा चाडपर्वकेन्द्रित विशेष सुरक्षाका लागि ३ हजार २ सय ४३ प्रहरी अपुग हुने भएपछि प्रविधिको सहयोग लिइएको हो । प्रहरीले ‘इगल आई’ बाहेक परिसरअन्तर्गत रहेका वृत्त, प्रभाग र पोस्टमा रहेका मोटरसाइकल र गाडीलाई दिनरात पालैपालो चलायमान बनाएको छ ।

‘हामीले करिब २ सय मोटरसाइकल २४सै घन्टा फिल्डमा खटाएका छौं जुन प्रभावकारी भइरहेको छ,’ एसपी प्रद्युम्न कार्कीले नागरिकसँग भने । उनका अनुसार घटनाको जानकारी लिन र दिन प्रहरीले सञ्चालन गरेका निःशुल्क नम्बर र सामाजिक सञ्जाल तथा पुलिस एप्सको समेत मिनेट–मिनेटमा मोनिटरिङ भइरहेको छ । – नागरिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ