२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

मेनपावर व्यवसायीको लाइसेन्स खारेज गर्ने विभागको निर्णय श्रममन्त्रीद्वारा खारेज

२०८०, १६ आश्विन मंगलवार ११:०१

असोज १६, काठमाडौँ | मेनपावर व्यवसायीको लाइसेन्स (इजाजत पत्र) खारेज गर्ने वैदेशिक रोजगार विभागको निर्णय श्रममन्त्रीले खारेज गरेका छन् ।

वैदेशिक रोजगार विभागले गत साउन २३ गते सिनामंगलमा रहेको डि. स्क्वायर्ड ग्रुप प्रालि र डिलक्स एचआर सोलुसन प्रालीको लाइसेन्स खारेज गरेको थियो ।  विभागको उक्त निर्णयको विरुद्धमा डि. स्क्वायर्ड प्रालीका सञ्चालक देवीमाया थापाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुनरावेदनका लागि निवेदन दिएकी थिइन् । सोही आधारमा मन्त्री शरतसिंह भण्डारीले महानिर्देशक मदन दाहालले गरेको लाइसेन्स खारेजीको निर्णय बदर गरेका हुन् । 

पीडितलाई दिनुपर्ने क्षतिपूर्तिको निर्णय भने सदर गरेका छन् । विभागले दिनुपर्ने भनेको क्षतिपूर्तिमा केही तलमाथि गरेका छन् । विभागले दुई जना पीडितलाई उक्त मेनपावरबाट ८ लाख ७९ हजार क्षतिपूर्ति भराउने निर्णय गरेको थियो । एक जना पीडितलाई ३ लाख ७९ हजार रुपैयाँ र अर्का पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय विभागले गरेको थियो ।


मन्त्री भण्डारीले ती पीडितलाई ३ लाख ७९ हजार रुपैयाँ नै क्षतिपूर्ति मेनपावरको धरौटीबाट कट्टागरी दिन विभागलाई आदेश दिएका हुन् । त्यस्तै अर्का पीडितलाई ४ लाख रुपैयाँ धरौटीबाट कट्टा गरी क्षतिपूर्ति भराउन विभागलाई आदेश दिएका छन् । 

ती पीडितलाई २०७९/१२/२४ गत सनराइज बैंकबाट ५० हजार रुपैयाँ चेक मार्फत र ५० हजार रुपैयाँ मोबाइल बैंकिङ प्रणालीबाट तिरेको देखिएकोले चार लाख रुपैयाँ मात्र क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेका हुन् ।  त्यस्तै उक्त मेनपावर कम्पनीलाई गरिएको एक लाख रुपैयाँ कम्पनीको खाताबाट/धरौटीबाट कट्टा गरी असुल गर्न समेत विभागलाई निर्देशन दिएको छ । धरौटी रकम पुनः जम्मा नगरेसम्म उक्त रोजगारदाता संस्थाको खाता रोक्का राख्न समेत भनेको छ । 

ती दुई पीडित २०२२ अगष्टमा डि स्क्वायर्डमा मार्फत साईप्रस पुगेका थिए । जहाँ एक जना पीडितलाई कम्पनीले भनेअनसार काम तलब र अन्य सेवा सुविधा नदिएको भन्दै उद्धार गरिएको थियो । उद्धार गरी नेपाल झिकाई पाउँ भन्दै पीडितकी बहिनीले विभागमा उजुरी दिएकी थिइन् । सोही आधारमा मेनपावर कम्पनीले आफ्नै खर्चमा २०२३ जनवरी २७ मा उद्धार गरेको थियो । 

त्यसपछि उनले २०८० असार ६ मा विभागमा क्षतिपूर्ति दिलाईपाउँ भन्दै उजुरी दिएकी थिइन् । त्यस्तै अर्का पीडित साइप्रसमा स्वास्थ्य परीक्षण गर्दा अनफिट  देखिएपछि फिर्ता पठाइएको थियो । त्यसपछि ति पीडितले समेत आवश्यक क्षतिपूर्तिको माग राख्दै विभागमा निवेदन दिएका थिए । 

त्यहि आधारमा महानिर्देशक दाहालले साउन २३ गते डि. स्क्वायर्डबाट पीडितलाई क्षतिपूर्ति भराउने, १ लाख रुपैयाँ जरिवाना गर्ने र लाइसेन्स खारेज गर्ने निर्णय गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने