मङ्सिर ५, इटहरी (सुनसरी) | पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली, कञ्चनपुरलाई मधेस प्रदेशमै राख्नुपर्ने मुख्य मागसहित मधेस केन्द्रित दलहरूले आन्दोलन चलाए "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ५, इटहरी (सुनसरी) | पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली, कञ्चनपुरलाई मधेस प्रदेशमै राख्नुपर्ने मुख्य मागसहित मधेस केन्द्रित दलहरूले आन्दोलन चलाए "/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका जनताहरु मधेस प्रदेशमा बस्न चाहदैनन्

५ मंसिर २०७३, आईतवार ०२:५९

मङ्सिर ५, इटहरी (सुनसरी) | पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली, कञ्चनपुरलाई मधेस प्रदेशमै राख्नुपर्ने मुख्य मागसहित मधेस केन्द्रित दलहरूले आन्दोलन चलाए पनि यस मागको प्रभाव स्थानीय स्तरमा सकारात्मक छैन । 

पूर्वी तराईका बुद्धिजीवी तथा राजनीतिक अगुवा मधेस केन्द्रित दलहरूको यस मागलाई असम्भव ठान्छन् ।  पूर्वी तराई मधेसका सर्वसाधारण खासगरी जनकपुर वा वीरगन्जलाई आफ्नो प्रदेशको राजधानी मान्न तयार छैनन् ।  उनीहरू विराटनगरलाई आफ्नो राजधानी देख्न चाहन्छन् ।

२ नं. प्रदेशको राजधानी जनकपुर वा वीरगञ्जलाई बनाउने करिब निश्चित रहेको बुझेका मोरङ र सुनसरीका नागरिक अगुवा मधेसी दलहरूले चलाएको आन्दोलनलाई सहयोग र समर्थन गरे पनि आफ्नो प्रदेशको राजधानी जनकपुर वा वीरगन्जलाई मान्ने कुरामा नाक खुम्चयाउँछन् ।  मधेस भूभागलाई मधेस प्रदेशमै राख्नुपर्छ भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन गर्दै आए पनि विवादमा रहेका जिल्लाका वासिन्दा दुई नं. प्रदेशमा जान चाहेको पाइँदैन । 

पाँच जिल्ला मधेस प्रदेशमा गाभिनुपर्छ भन्ने मधेसवादी दलले उठाइरहेको मागको प्रभाव स्थानीय जनस्तरमा देखिँदैन, हाल एक नं. प्रदेशमा रहेका सुनसरीका वासिन्दासमेत विकल्प खोज्नुपर्ने पक्षमा देखिन्छन् ।  बरु उनीहरू झापा, मोरङ, सुनसरी जिल्लामा सप्तरी, सिरहा र उदयपुर मिसाएर नयाँ प्रदेश बनिदिए हुन्थ्यो भन्ने चाहन्छन् ।  त्यसो हुन नसके विवादमा ल्याइएका तीन जिल्लालाई केन्द्र शासित प्रदेश वा विशेष प्रदेशको रूपमा राख्न सकिने तर दुई नं. प्रदेशमा मिलाउन नसकिने अडान उनीहरूको छ । 

मधेसवादी दलका नेताहरूमा दुइटा धारणा पाइएको छ ।  उनीहरूले औपचारिक रूपमा कुरा गर्दा यी तीन जिल्लालाई मधेस प्रदेशमा जसरी पनि मिलाउने कुरा गर्नुहुन्छ भने अनौपचारिक रूपमा कुरा गर्दा मधेस प्रदेशमा जान गाह्रो हुने बताउँछन्।

मधेस प्रदेशमा किन नजाने भन्ने जिज्ञासामा उनीहरूले त्यसको प्रमुख कारण प्रदेशको राजधानी कहाँ भन्ने कुरालाई लिन्छन्।  मधेस प्रदेशको राजधानी जनकपुर हुने लगभग पक्कापक्की नै भइसकेको छ तर झापा, मोरङ र सुनसरीका वासिन्दालाई जनकपुरभन्दा विराटनगर नै प्यारो छ ।  झापा, सुनसरी र मोरङका जनताको मात्र होइन, सिराहा, सप्तरीसम्मका जनतालाई जनकपुर होइन, विराटनगर आकर्षणको केन्द्र भएको छ।  सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीका सह इन्चार्ज एवम् केन्द्रीय सदस्य एसएन मेहताले झापा, सुनसरी र मोरङलाई मधेस प्रदेशमा मिलाउनुपर्ने माग राख्दै आफूहरूले आन्दोलन गरिरहे पनि जनकपुरलाई राजधानी बनाउने हो भने त्यसलाई स्वीकार गर्न गाह्रो हुने बताउँछन्। -गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान