मंसिर ७, लाहान | असोज दोस्रो साता इलाका प्रहरी कार्यालय लहान ५ मा कुटाकुट भयो। कुटपिट गर्ने लहान ५ का ज्याउल रहमानमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाए । मुद्दाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ७, लाहान | असोज दोस्रो साता इलाका प्रहरी कार्यालय लहान ५ मा कुटाकुट भयो। कुटपिट गर्ने लहान ५ का ज्याउल रहमानमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाए । मुद्दाको"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ससुराली र धनको आडमा लिन्छन् भारतीयले नागरिकता

७ मंसिर २०७३, मंगलवार ०१:१६

मंसिर ७, लाहान | असोज दोस्रो साता इलाका प्रहरी कार्यालय लहान ५ मा कुटाकुट भयो। कुटपिट गर्ने लहान ५ का ज्याउल रहमानमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाए । मुद्दाको फाइलसहित अरोपित रहकानलाई बयानका लागि सरकारी कार्यालय सिरहा लगियो । तर, लहान ५ स्थायी निवासी रहमानले आफू भारतीय नागरिक भएको बयान दिए । 

सार्वजनिक अपराधसँगै प्रहरीले रहमानको नागरिकताबारे बुझ्यो । अनुसन्धानमा देखियो– नामः मोहमनद ज्याउल रहमान, पिताको नाम दोस्त मोहमद, नागरिकता नम्बर १५३००५/२०१ लाहन ५ सिरहा । नागरिकता जारी गर्ने टोली प्रमुख थिए शिवराम यादव । रहमानले ०६३ चैत २९ मा लहान ५ मा खटिएको नागरिकता टोलीबाट जन्मसिद्ध नागरिकता प्रमाणपत्र लिएका थिए ।

यो त एक प्रतिनिधि उदाहरण मात्र हो । भारतमा अपराध गरेर नेपाल आई नेपाली नातेदार मार्फत उनीहरुले नागरिकता लिने गरेका छन् ।

गृह मन्त्रालयका अनुसार ०५५ यता गैरकानुनी रुपमा गैरनेपालीले लिएको नागरिकता रद्द गरिएका मध्ये ९५ प्रतिशत भारतीय छन् ।

नागरिकता वितरणमा कडाइ, सिफरिस गर्ने हकमा राजनीतिक इमानदारिता नभएसम्म नवनागरिककको वर्चश्व समाजमा बढ्दै जाने प्राध्यापक चक्रपाणि खनालले बताए । अधिकारकर्मी विनोद कुमार बिसुन्ख मधेसका दलित, जनजाति, चमार, डोम, मुसहर लगायत हजारौले अझै नागरिकता पाउन नसकेको तर ज्याई–भान्जाको नाममा नवनागरिक बढिरहेको चिन्ता व्यक्त गरे । – नागरिक दैनिक  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो