२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट १७ नेपालीको चित्कार- भेडाबाख्राजस्तै थुनेका छन् सरकार, उद्धार गरियोस्

२०७३, ७ मंसिर मंगलवार ०१:५६

मङ्सिर ७, काठमाडौँ । वैदेशिक रोजगारीका लागि साउदी अरब गएका १७ नेपाली युवकले आफूहरूको उद्धारका लागि सरकारसँग याचना गरेका छन् । साउन ४ गते साउदी पुगेका ती युवा साउदीको अल्कासिम बदैया भन्ने ठाउँमा अलपत्र छन् ।

काठमाडौँको कुपण्डोलस्थित सिनेट इन्टरनेसनल वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत साउदीको होटलमा काम गर्न भन्दै त्यहाँ पुगेका उनीहरूलाई अहिलेसम्म कम्पनीले काम नदिएपछि उद्धारका लागि आफन्तमार्फत आग्रह गरेका हुन् ।

साउदी जानुपूर्व सिनेट नामक वैदेशिक रोजागर कम्पनीलाई प्रतिव्यक्ति एक लाखदेखि एक लाख २० हजार रुपियाँसम्म बुझाएर गएका युवालाई साउदीको कम्पनीले दुई/चार दिनपछि काम दिने भन्दै चार महिनासम्म बन्धक बनाएर राखेको पीडित युवाको गुनासो छ । साउदीमा यसरी अलपत्र पर्नेमा सोलुखुम्बु, पर्सा, बारा, रोल्पा, कास्की, स्याङ्जा, चितवन, दाङ, गोरखा, धनुषाका युवा रहेका छन् ।

साउदीको होटलमा काम गरेबापत प्रतिव्यक्ति नौ सय रियाल अर्थात् नेपाली रुपियाँ २५ हजार कमाई हुने भन्दै साउदी पुगेका युवामध्येका एक अनन्त राईले गोरखापत्रसँगको फोनसम्पर्कमा ‘अब जसरी हुन्छ हामी नेपाल फर्कन चाहन्छौ, हामीलाई छिटोभन्दा छिटो स्वदेश फर्किने वातावरण बनाइदिनुहोस्, अब यहाँ काम पाइन्छ भन्ने विश्वास नै लाग्न छाडिसक्यो,’ भने ।

उनले भने, ‘साउदी कम्पनीको मालिक फैसल भन्ने व्यक्तिले हाम्रो पासपोर्ट लगायतका कागजपत्र नियन्त्रणमा लिएर प्रतिव्यक्ति खानेबस्ने खर्च भनेर केही रकम दिएर एउटै सानो कोठामा १४ जनालाई भेडाबाख्रा जस्तै गरी राखेको छ । साउदीको अल्टासिम वैदया भन्ने दुर्गम ठाउँमा छौँ, कुनै नेपालीसँग पनि सम्पर्क हुँदैन । नेपाली दूतावासमा पनि फोन गरेको उठेन, जानका लागि हामी भएको ठाउँभन्दा धेरै टाढा छ भनिन्छ ।’

कम्पनीले चाँडै नै काम लगाउने भन्दै राखेर चार महिनासम्म कुनै काम नदिई अहिले उल्टै ‘सकेको गर्’ भनेर धम्की दिनेगरेको पीडित राईले सुनाए । उनका अनुसार अलपत्र परेका नेपाली युवाले आफूहरूलाई साउदी पठाउने वैदेशिक रोजगार कम्पनीलाई काम नपाएको पटक–पटक जानकारी गराउँदासमेत बेवास्ता गरेको छ । आजको गोरखापत्र दैनिकमा सीता शर्माले खबर लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा