२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट १७ नेपालीको चित्कार- भेडाबाख्राजस्तै थुनेका छन् सरकार, उद्धार गरियोस्

७ मंसिर २०७३, मंगलवार ०१:५६

मङ्सिर ७, काठमाडौँ । वैदेशिक रोजगारीका लागि साउदी अरब गएका १७ नेपाली युवकले आफूहरूको उद्धारका लागि सरकारसँग याचना गरेका छन् । साउन ४ गते साउदी पुगेका ती युवा साउदीको अल्कासिम बदैया भन्ने ठाउँमा अलपत्र छन् ।

काठमाडौँको कुपण्डोलस्थित सिनेट इन्टरनेसनल वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत साउदीको होटलमा काम गर्न भन्दै त्यहाँ पुगेका उनीहरूलाई अहिलेसम्म कम्पनीले काम नदिएपछि उद्धारका लागि आफन्तमार्फत आग्रह गरेका हुन् ।

साउदी जानुपूर्व सिनेट नामक वैदेशिक रोजागर कम्पनीलाई प्रतिव्यक्ति एक लाखदेखि एक लाख २० हजार रुपियाँसम्म बुझाएर गएका युवालाई साउदीको कम्पनीले दुई/चार दिनपछि काम दिने भन्दै चार महिनासम्म बन्धक बनाएर राखेको पीडित युवाको गुनासो छ । साउदीमा यसरी अलपत्र पर्नेमा सोलुखुम्बु, पर्सा, बारा, रोल्पा, कास्की, स्याङ्जा, चितवन, दाङ, गोरखा, धनुषाका युवा रहेका छन् ।

साउदीको होटलमा काम गरेबापत प्रतिव्यक्ति नौ सय रियाल अर्थात् नेपाली रुपियाँ २५ हजार कमाई हुने भन्दै साउदी पुगेका युवामध्येका एक अनन्त राईले गोरखापत्रसँगको फोनसम्पर्कमा ‘अब जसरी हुन्छ हामी नेपाल फर्कन चाहन्छौ, हामीलाई छिटोभन्दा छिटो स्वदेश फर्किने वातावरण बनाइदिनुहोस्, अब यहाँ काम पाइन्छ भन्ने विश्वास नै लाग्न छाडिसक्यो,’ भने ।

उनले भने, ‘साउदी कम्पनीको मालिक फैसल भन्ने व्यक्तिले हाम्रो पासपोर्ट लगायतका कागजपत्र नियन्त्रणमा लिएर प्रतिव्यक्ति खानेबस्ने खर्च भनेर केही रकम दिएर एउटै सानो कोठामा १४ जनालाई भेडाबाख्रा जस्तै गरी राखेको छ । साउदीको अल्टासिम वैदया भन्ने दुर्गम ठाउँमा छौँ, कुनै नेपालीसँग पनि सम्पर्क हुँदैन । नेपाली दूतावासमा पनि फोन गरेको उठेन, जानका लागि हामी भएको ठाउँभन्दा धेरै टाढा छ भनिन्छ ।’

कम्पनीले चाँडै नै काम लगाउने भन्दै राखेर चार महिनासम्म कुनै काम नदिई अहिले उल्टै ‘सकेको गर्’ भनेर धम्की दिनेगरेको पीडित राईले सुनाए । उनका अनुसार अलपत्र परेका नेपाली युवाले आफूहरूलाई साउदी पठाउने वैदेशिक रोजगार कम्पनीलाई काम नपाएको पटक–पटक जानकारी गराउँदासमेत बेवास्ता गरेको छ । आजको गोरखापत्र दैनिकमा सीता शर्माले खबर लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ