मंसिर ७, काठमाडौ । नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय नेता ऋषभदेव भट्टराई भ्रष्टाचार आरोपमा सोमबार पक्राउ परेका छन् । पक्राउपछि उनलाई टंगालस्थित अख्तियार द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर ७, काठमाडौ । नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय नेता ऋषभदेव भट्टराई भ्रष्टाचार आरोपमा सोमबार पक्राउ परेका छन् । पक्राउपछि उनलाई टंगालस्थित अख्तियार द"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई करोड भ्रष्टाचार गरेको भन्दै नयाँ शक्तिका नेता अख्तियार हिरासतमा

७ मंसिर २०७३, मंगलवार ०२:२५


मंसिर ७, काठमाडौ । नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय नेता ऋषभदेव भट्टराई भ्रष्टाचार आरोपमा सोमबार पक्राउ परेका छन् । पक्राउपछि उनलाई टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा राखिएको छ । 

सशस्त्र प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) समेत रहेका भट्टराई नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद्का सदस्य हुन् । उनी उक्त पार्टीका नेता डा. बाबुराम भट्टराई निकट मानिन्छन् । चितवनका भट्टराई उक्त पार्टीको भ्रातृसंगठन सामाजिक स्वयंसेवक नेपालको प्रस्तावित संयोजकसमेत हुन् ।

सशस्त्रको एआईजी हुँदा करिब दुई करोड रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति (अकुत) जोडेको आरोपसहित उनलाई पक्राउ गरिएको हो । ‘उहाँविरुद्ध भ्रष्टाचारको उजुरी थियो । त्यही उजुरीका बयानमा डाकिएका बेला पक्राउ गरी अख्तियारको हिरासतमा लिइएको छ,' अख्तियार उच्च स्रोतले अन्नपूर्ण पोस्ट्सँग भन्यो, ‘छानबिन सकिएको छ । अभियोगपत्र तयार गरी मंगलबार नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।'

अभियोगपत्रसहित भट्टराईलाई अदालत हाजिर गराउने तयारीमा अख्तियार छ । उनी कतै भाग्न नसकून् र प्रमाण नष्ट नहोस् भनेर हिरासतमा लिनुपरेको स्रोतले बतायो । सुरक्षासेवामा प्रवेश गरेर अवकाश हुनुअघि २०७१ सम्मको जाँच अवधिका विभिन्न वर्षमा आफू र परिवारका सदस्यका नाममा चल-अचल सम्पत्ति खरिद एवं लगानी गरेको, परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको देखिएको, मनासिब कारणबिना हैसियतभन्दा बढी रकम आफू, पत्नी एवं अरू परिवारका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात देखिएको, विभिन्न वित्तीय संस्था एवं कम्पनीका सेयर खरिद तथा लगानी गरेको छानबिन क्रममा भेटिएको अख्तियारको दाबी छ । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ