मङ्सिर ७, काठमाडौं । मुलुकभरीका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटि (एनएमएसएस)ले मंगलबार चिकित्साशास्त्र अध्ययन संस्थानका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ७, काठमाडौं । मुलुकभरीका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटि (एनएमएसएस)ले मंगलबार चिकित्साशास्त्र अध्ययन संस्थानका"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसौं अनसनको दसौं दिन : ‘किन यस्तो मौनता ?’

८ मंसिर २०७३, बुधबार ०१:५८

मङ्सिर ८, काठमाडौं । मुलुकभरीका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटि (एनएमएसएस)ले मंगलबार चिकित्साशास्त्र अध्ययन संस्थानका डीनलाई राजिनामा दिन आग्रह गर्दै डा.गोविन्द केसीको आन्दोलनलाई सफल बनाउन आग्रह गरेका छन् । 

सरकारले डा. केसीले अघि सारेका मागको बेवास्ता गरे सबै प्राज्ञिक र अन्य अस्पतालका सेवा बन्द गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । एनएमएसएसका पदाधिकारी, रेजिडेन्ट चिकित्सक लगायतकाले डिन कार्यालयमा धर्ना दिनुको साथै ज्ञापनपत्र समेत बुझाएका थिए । 

ज्ञापन पत्रमा संस्थानको भलाइ र गुणस्तरीय चिकित्सा शिक्षा र सेवामा आम नेपालीको सहज पहँुच स्थापित गर्ने अभियानलाई सफल बनाउन डिन पदबाट राजिनामा गर्न डा.केपी सिंहलाई आग्रह गरिएको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै डा. सिंहले राजिनामा नगर्ने बताएका थिए । नयाँ मेडिकल कलेजलाई सम्बन्धन र एमबिबिएसका विद्यार्थी भर्नामा अनियमितता गर्नका लागि हालको अस्थिरता जारी राखिएको एनएमएसएसका अध्यक्ष डा.सागर पोखरेलले बताए ।

आफूहरु सकेसम्म अस्पताल बन्द नगर्ने पक्षमा रहेको र डा.केसीले समेत जे भए पनि अस्पतालको सेवा जारी राख्नु भन्दै आएकाले हालसम्म विरोधको स्वरुप कडा नगरेको पनि उनले बताए । ‘तर, कसैले सुनिरहेको छैन, १० दिन भयो सरको ज्यान खतरामा पर्ने भएकोले अब अस्पताल बन्द गर्नेसम्मका विरोध गर्न हामीलाई बाध्य पार्न थालिएको छ,’ पोखरेलले भने । अनसन तोडाउने बेला सहमति गर्ने तर पालना नगर्ने सरकारको क्रियाकलापले केसीले दस दसपटक अनसन बस्नु परेको पनि विद्यार्थीहरुले बताए ।

हालसम्म १०२ दिन अनसनमा केसी 

डा.गोविन्द केसीले दसौंपटकको अनसनसम्म गरि १ सय दुई दिन अनसन बसेका छन् । उनको १० औं अनसन मंगलबार १० औं दिनमा पुगेको छ । उनको नवौ अनसन १२ औ दिनमा स्थगित भएको थियो । यस्तै आठौं अनसन १६ औ दिनमा पुगेर तोडिएको थियो । तेस्रो अनसनता १४ दिनको थियो ।

२०६९ साल असार २१ गते शुरु भएको उनको पहिलो अनसन तीन दिनपछि असार २४ गते सरकारसँग सम्झौता भएपछि तोडिएको थियो । गत वर्ष २०७२ सालमा डा. केसीले दुईपटक अनसन गरे । गत वर्ष भदौ ७ देखि १९ गतेसम्म गरी १२ दिन र पुन: असोज २ गते देखि १२ गते सम्म गरी १० दिन अनसन चलेको थियो । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ