मङ्सिर ७, काठमाडौं । मुलुकभरीका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटि (एनएमएसएस)ले मंगलबार चिकित्साशास्त्र अध्ययन संस्थानका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ७, काठमाडौं । मुलुकभरीका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटि (एनएमएसएस)ले मंगलबार चिकित्साशास्त्र अध्ययन संस्थानका"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसौं अनसनको दसौं दिन : ‘किन यस्तो मौनता ?’

२०७३, ८ मंसिर बुधबार ०१:५८

मङ्सिर ८, काठमाडौं । मुलुकभरीका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटि (एनएमएसएस)ले मंगलबार चिकित्साशास्त्र अध्ययन संस्थानका डीनलाई राजिनामा दिन आग्रह गर्दै डा.गोविन्द केसीको आन्दोलनलाई सफल बनाउन आग्रह गरेका छन् । 

सरकारले डा. केसीले अघि सारेका मागको बेवास्ता गरे सबै प्राज्ञिक र अन्य अस्पतालका सेवा बन्द गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । एनएमएसएसका पदाधिकारी, रेजिडेन्ट चिकित्सक लगायतकाले डिन कार्यालयमा धर्ना दिनुको साथै ज्ञापनपत्र समेत बुझाएका थिए । 

ज्ञापन पत्रमा संस्थानको भलाइ र गुणस्तरीय चिकित्सा शिक्षा र सेवामा आम नेपालीको सहज पहँुच स्थापित गर्ने अभियानलाई सफल बनाउन डिन पदबाट राजिनामा गर्न डा.केपी सिंहलाई आग्रह गरिएको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै डा. सिंहले राजिनामा नगर्ने बताएका थिए । नयाँ मेडिकल कलेजलाई सम्बन्धन र एमबिबिएसका विद्यार्थी भर्नामा अनियमितता गर्नका लागि हालको अस्थिरता जारी राखिएको एनएमएसएसका अध्यक्ष डा.सागर पोखरेलले बताए ।

आफूहरु सकेसम्म अस्पताल बन्द नगर्ने पक्षमा रहेको र डा.केसीले समेत जे भए पनि अस्पतालको सेवा जारी राख्नु भन्दै आएकाले हालसम्म विरोधको स्वरुप कडा नगरेको पनि उनले बताए । ‘तर, कसैले सुनिरहेको छैन, १० दिन भयो सरको ज्यान खतरामा पर्ने भएकोले अब अस्पताल बन्द गर्नेसम्मका विरोध गर्न हामीलाई बाध्य पार्न थालिएको छ,’ पोखरेलले भने । अनसन तोडाउने बेला सहमति गर्ने तर पालना नगर्ने सरकारको क्रियाकलापले केसीले दस दसपटक अनसन बस्नु परेको पनि विद्यार्थीहरुले बताए ।

हालसम्म १०२ दिन अनसनमा केसी 

डा.गोविन्द केसीले दसौंपटकको अनसनसम्म गरि १ सय दुई दिन अनसन बसेका छन् । उनको १० औं अनसन मंगलबार १० औं दिनमा पुगेको छ । उनको नवौ अनसन १२ औ दिनमा स्थगित भएको थियो । यस्तै आठौं अनसन १६ औ दिनमा पुगेर तोडिएको थियो । तेस्रो अनसनता १४ दिनको थियो ।

२०६९ साल असार २१ गते शुरु भएको उनको पहिलो अनसन तीन दिनपछि असार २४ गते सरकारसँग सम्झौता भएपछि तोडिएको थियो । गत वर्ष २०७२ सालमा डा. केसीले दुईपटक अनसन गरे । गत वर्ष भदौ ७ देखि १९ गतेसम्म गरी १२ दिन र पुन: असोज २ गते देखि १२ गते सम्म गरी १० दिन अनसन चलेको थियो । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा