२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका मधेसी सांसद संशोधनका पक्षमा

२०७३, १० मंसिर शुक्रबार ०१:५०

मङ्सिर १०, काठमाडौ । पार्टीको आधिकारिक धारणाविपरीत मधेसबाट निर्वाचित अधिकांश एमाले सांसदहरू संविधान संशोधनका पक्षमा देखिएका छन् । 

एमाले स्थायी समितिले आइतबार पार्टी संशोधनका विपक्षमा रहने निर्णय गरेको थियो । पार्टीको यो निर्णयपछि एमालेका मधेसी मूलका सांसदहरूले अनौपचारिक छलफल सुरु गरेका छन् । 

संशोधनलगायत विषयमा छलफल गर्न प्रदेश नं. २ का मधेसी मूलका सांसद तथा प्रदेश पार्टी नेताको बैठक १३ र १४ गते सर्लाहीको हरिवनमा तय गरिएको छ । भेलामा मधेसी सांसदहरूले राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्तालाई आधार मानी संशोधन हुनुपर्ने विषयमा केन्द्रित हुने विषयलाई प्रमुखता साथ उठाउने तयारी गरेका छन् ।

एमालेको निर्णय मधेस र मधेसीविरोधी हुन नहुने, मधेसका समस्याको निकास एमालेकै नेतृत्वमा हुनुपर्नेलगायत विषयमा छलफल गर्न बैठक आयोजना गरिएको जानकारी स्रोतले दिएको छ । २ नं प्रदेशका एमालेका एक शीर्ष नेताले अन्नपूर्णसँग भने, ‘एमाले स्थायी समितिको आइतबारको निर्णय मधेसी मूलका नेतालाई त्यस क्षेत्रको राजनीतिबाट विस्थापित गर्नुमात्र हो ।

नेतृत्व सुनियोजित रूपमा मधेस र मधेसीविरोधी भएको सन्देश अन्त्य गराउन पनि भेला महत्वपूर्ण हुनेछ ।' उनले पार्टीलाई विधिवत् रूपमा संशोधन प्रस्तावका पक्षमा निर्णय लिने वातावरण बनाउने बताए । संविधानलाई मधेस, पहाड र हिमालको सर्वसम्मत राजनीतिक ‘डकुमेन्ट' बनाउन पनि आफूहरूले पार्टीलाई दबाब दिने तयारी गरेको उनले बताए ।

उनका अनुसार बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेतालाई सरकारले ल्याउने संशोधनबाट मधेसीको माग सम्बोधन गराउन दबाब दिने ढंगले प्रस्तुत हुन प्रेरित गर्नेछ ।

संशोधनलगायत विषयमा एमालेका मधेसी सांसदले महासचिव ईश्वर पोखरेललाई भेट गरी मधेसका मुद्दामा पार्टी गम्भीर भएर संशोधनमा निर्णायक भूमिका निर्वाह गर्न आग्रह गरिसकेका छन् । महासचिव पोखरेलसँगको भेटमा शत्रुघ्न महतो, आशाकुमारी यादव, कमलादेवी महतो, नागेन्द्रप्रसाद थारू, राजकुमार गुप्ता, जयप्रकाश थारू, जुनदेव अन्सारी, बलरामप्रसाद चौधरी, रामअवतार पासवान, रामचन्द्र साह तेलीलगायत सांसद सहभागी थिए ।

एमाले वैकल्पिक पोलिटब्युरो सदस्य एवं सांसद शत्रुघ्न महतोले संविधान संशोधनमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरी मधेस र मधेसीको समस्या हल गर्ने मान्यताका साथ १३ र १४ गते सर्लाहीमा प्रदेश नं. २ को भेला हुन लागेको जानकारी दिए ।

उनले अन्नपूर्णसँग भने, ‘प्रदेश नं. २ ले संविधान संशोधनको एजेन्डा नै बनाएर लग्नेछ । मधेस समस्यालाई राष्ट्रिय मुद्दा बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।' संशोधनको औचित्य पुष्टि गर्न माग गर्दै आएको एमालेले एकाएक अहिले संशोधन आवश्यक छैन भन्नु ठीक नभएको उनले बताए । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा