२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आँधीबेहरी’ सिर्जना गर्न तयार रहनुस्: ओली

१० मंसिर २०७३, शुक्रबार ०१:५८

मङ्सिर १०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय हितमा तलमाथि गर्ने प्रयास भइरहेको दाबी गर्दै ‘आन्दोलनको आँधीबेहरी’ सिर्जना गर्नका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । 

अन्य राजनीतिक दलका नेताहरूसमेत सहभागी गराएर एमालेकै भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको संविधान संशोधनसम्बन्धी बहसमा ओलीले संविधान संशोधन विधेयक दर्ता गरेर देखाउन सरकारलाई चुनौतीसमेत दिए ।

‘एमालेका सबै कमिटी जनवर्गीय संगठनसहित आम जनसमुदाय राष्ट्रियताको पक्षमा चनाखो हुनुहोस्,’ ओलीले भने, ‘कुनै पनि समय राष्ट्रिय हितमा तलमाथि हुन नदिन आन्दोलनको आँधीबेहरी सिर्जना गरेर राष्ट्रलाई जोगाउनुपर्ने हुन सक्छ, त्यसका लागि तयार भएर बस्नुहोस् ।’ 

वर्तमान सरकार नै प्रायोजित ढंगले बनेको र यो सरकार निर्माणको उद्देश्य नै घातक रहेको भन्दै ओलीले त्यही मिसन पूरा गर्न संविधान संशोधन गर्न लागिएको उल्लेख गरे । ‘तर, याद रहोस् संसद्मा हामी पनि छौं,’ उनले भने ।

मुलुकलाई संविधान संशोधन नभई निर्वाचन चाहिएको भन्दै ओलीले त्यतातर्फ ध्यान नदिई संशोधनको कुरा मात्र गर्नु गलत भएको बताए । ‘संविधानमा कतिपय कुरा नमिलेका छन्, मिलाउनुपर्नेछ, ती काम गर्न सकिन्छ तर मुख्य काम त निर्वाचनसम्बन्धी कानुन ल्याउने, निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउने हो । यी कामका लागि त एक पाइलो पनि अघि सारिएको छैन,’ ओलीले भने, ‘संविधान संशोधन गर्नुपर्ने थियो भने पनि यी काम गर्दै गर्न सकिन्थ्यो नि ।’

उनले गत वर्ष गरिएको संविधानको पहिलो संशोधन पनि आवश्यकता नभई बाध्यता भएको बताए । ‘त्यो संशोधन अर्थहीन भयो, अहिले पनि त्यस्तै हुन्छ,’ उनले भने, ‘उहाँहरूले केही वाचा कबुल गर्नुभएको छ । आदेश अरूकै हो, कुराचाहिँ देशका गर्ने ? नत्र केका लागि संशोधन गर्ने ? देशलाई कहाँनिर फाइदा हुन्छ ? के–के हुन् तराईका समस्या ? मान्नुपर्नेचाहिँ के ?’

कार्यक्रममा ओलीअघि बोलेका तमलोपा नेता हृदयेश त्रिपाठी र फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले मधेसका समस्या तत्काल समाधान गर्नुपर्ने बताए ।

त्रिपाठीले ओली प्रधानमन्त्री बन्दा नै संशोधनको कुरा गरेको र उनले त्यसबेला पठाएका चिठी आफूहरूसँग सुरक्षित रहेको बताएका थिए । ‘कतिपय ननपेपर त हामीलाई नदिई दिल्ली पुर्‍याइयो, चार बुँदामा के थियो ? किन उता पुर्‍याइयो ?’ त्रिपाठीले प्रश्न गरे । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ