२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आँधीबेहरी’ सिर्जना गर्न तयार रहनुस्: ओली

२०७३, १० मंसिर शुक्रबार ०१:५८

मङ्सिर १०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय हितमा तलमाथि गर्ने प्रयास भइरहेको दाबी गर्दै ‘आन्दोलनको आँधीबेहरी’ सिर्जना गर्नका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । 

अन्य राजनीतिक दलका नेताहरूसमेत सहभागी गराएर एमालेकै भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको संविधान संशोधनसम्बन्धी बहसमा ओलीले संविधान संशोधन विधेयक दर्ता गरेर देखाउन सरकारलाई चुनौतीसमेत दिए ।

‘एमालेका सबै कमिटी जनवर्गीय संगठनसहित आम जनसमुदाय राष्ट्रियताको पक्षमा चनाखो हुनुहोस्,’ ओलीले भने, ‘कुनै पनि समय राष्ट्रिय हितमा तलमाथि हुन नदिन आन्दोलनको आँधीबेहरी सिर्जना गरेर राष्ट्रलाई जोगाउनुपर्ने हुन सक्छ, त्यसका लागि तयार भएर बस्नुहोस् ।’ 

वर्तमान सरकार नै प्रायोजित ढंगले बनेको र यो सरकार निर्माणको उद्देश्य नै घातक रहेको भन्दै ओलीले त्यही मिसन पूरा गर्न संविधान संशोधन गर्न लागिएको उल्लेख गरे । ‘तर, याद रहोस् संसद्मा हामी पनि छौं,’ उनले भने ।

मुलुकलाई संविधान संशोधन नभई निर्वाचन चाहिएको भन्दै ओलीले त्यतातर्फ ध्यान नदिई संशोधनको कुरा मात्र गर्नु गलत भएको बताए । ‘संविधानमा कतिपय कुरा नमिलेका छन्, मिलाउनुपर्नेछ, ती काम गर्न सकिन्छ तर मुख्य काम त निर्वाचनसम्बन्धी कानुन ल्याउने, निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउने हो । यी कामका लागि त एक पाइलो पनि अघि सारिएको छैन,’ ओलीले भने, ‘संविधान संशोधन गर्नुपर्ने थियो भने पनि यी काम गर्दै गर्न सकिन्थ्यो नि ।’

उनले गत वर्ष गरिएको संविधानको पहिलो संशोधन पनि आवश्यकता नभई बाध्यता भएको बताए । ‘त्यो संशोधन अर्थहीन भयो, अहिले पनि त्यस्तै हुन्छ,’ उनले भने, ‘उहाँहरूले केही वाचा कबुल गर्नुभएको छ । आदेश अरूकै हो, कुराचाहिँ देशका गर्ने ? नत्र केका लागि संशोधन गर्ने ? देशलाई कहाँनिर फाइदा हुन्छ ? के–के हुन् तराईका समस्या ? मान्नुपर्नेचाहिँ के ?’

कार्यक्रममा ओलीअघि बोलेका तमलोपा नेता हृदयेश त्रिपाठी र फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले मधेसका समस्या तत्काल समाधान गर्नुपर्ने बताए ।

त्रिपाठीले ओली प्रधानमन्त्री बन्दा नै संशोधनको कुरा गरेको र उनले त्यसबेला पठाएका चिठी आफूहरूसँग सुरक्षित रहेको बताएका थिए । ‘कतिपय ननपेपर त हामीलाई नदिई दिल्ली पुर्‍याइयो, चार बुँदामा के थियो ? किन उता पुर्‍याइयो ?’ त्रिपाठीले प्रश्न गरे । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा