२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मापसे गरेका चालक भाग्दा ट्राफिक प्रहरीको खुट्टा भाँचियो

१० मंसिर २०७३, शुक्रबार ०२:०५

मङ्सिर १०, काठमाडौं । मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालकको ठक्करबाट डिउटीमा खटिएका एक जना ट्राफिक प्रहरीको खुट्टा भाँचिएको छ ।

चालकले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको जाँच गर्न सडकमा ड्युटीमा बसेका ट्राफिक प्रहरी हबल्दार सञ्जयकुमार झाको खुट्टा भाँचिएको हो । उनकने बायाँ खुट्टाको घुँडामुनि दुई ठाउँमा भाँच्चिएको छ ।

ट्राफिक प्रहरी वृत्त गौशालामा काम गर्दै आएका झाको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई बा७२प ६७१ नम्बरको मोटरसाइकलका चालक दीपेन्द्र गिरीले ठक्कर दिएका हुन् । त्यसबेला जयबागेश्वरीस्थित सडकमा उनीसहित अन्य टाफिक प्रहरी नियमित जाँचमा बसेका थिए । मापसे गरेका गिरी भाग्न खोज्दा सो घटना भएको हो । उनीसँगै अरु दुई जना पनि सो मोटरसाइकलमा सवार थिए ।

ठक्कर दिने मोटरसाइकल चालक गिरीलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । उनलाई अंगभंग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । -राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ