२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आन्दोलन नियन्त्रणबाहिर गए सरकार जिम्मेवार हुनुपर्ने चेतावनी

११ मंसिर २०७३, शनिबार ०१:५१

मङ्सिर ११, काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. गोविन्द केसीका सही माग तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । १३ दिनदेखि आमरण अनशनरत डा. केसीको ज्यान जोखिममा भएकाले उनका पक्षमा हुने चिकित्सकहरूको आन्दोलन नियन्त्रणबाहिर गए यसको जिम्मेवार सरकार आफैं हुनुपर्ने चेतावनी पनि उनले दिए ।

चिकित्सक संघले डा. केसीको सत्याग्रहको निकासका लागि शनिबार आफ्ना पूर्वअध्यक्ष/महासचिव, पदाधिकारी, उपत्यकाका अस्पताल प्रमुख, चिकित्सकलगायतको बृहत् भेला डाकेको छ । ‘केसीका यसअघिका ९ अनशनमा चिकित्सक संघको प्रत्यक्ष समर्थन थियो,’ डा. श्रेष्ठले भने, ‘बृहत् भेलाले अबको आन्दोलन तय गर्छ ।’ चिकित्सक संघले बारम्बार आग्रह गरे पनि सरकारले अहिलेसम्म डा. केसीसँग वार्ता गर्न समितिसमेत बनाएको छैन । डा. श्रेष्ठले सरकारले तुरुन्त वार्ता समिति गठन गर्नुपर्ने बताए ।

यसैबीच चिकित्सा शिक्षा र सेवासँग सम्बन्धित विभिन्न ८ संघसंस्थाले डा. केसीका माग पूरा गराउनका लागि आन्दोलनको नेतृत्व लिन चिकित्सक संघलाई लिखित आग्रह गरेका छन् । १३ दिनसम्म अनशन बस्दा पनि राज्यले संवेदनशीलता नदेखाएको भन्दै उनीहरूले परिस्थितिको गम्भीरता बुझी तुरुन्त कडा कार्यक्रम ल्याउन पनि आग्रह गरेका छन् ।

यसरी आग्रह गर्नेमा नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन, नेसनल डाक्टर्स एसोसिएसन, नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी, सोलिडारिटी फर डा. केसी अलायन्स, डाक्टर्स सोसाइटी अफ नेपाल, रेजिडेन्टस एसोसिएसन अफ न्याम्स र सोलाडारिटी अफ मेडिकल फयाटर्निटी छन् । डा. केसीको आमरण अनशनको समर्थनमा बिहीबार चिकित्साशास्त्र अध्ययन संस्थानबाट र्‍याली निस्केको थियो । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ