२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जबर्जस्ती संशोधन गर्न खोजे सशक्त प्रतिवाद: एमाले

११ मंसिर २०७३, शनिबार ०२:१४

मङ्सिर ११, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो असहमतिका बाबजुद जबर्जस्ती संविधान संशोधन प्रस्ताव दर्ता गरिए सदन र सडक दुवैतिर सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।

सरकारले सीमांकन र नागरिकतासहित चार विषयमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने अन्तिम तयारी गरिरहेका वेला एमाले स्थायी समितिले ‘सशक्त प्रतिवाद’ गर्ने विशेष निर्णय गरेको हो । 

अध्यक्ष केपी ओलीको निवास बालकोटमा शुक्रबार बसेको बैठकले संशोधनको तयारीविरुद्ध जनमत स्वतस्फूर्त विपक्षमा देखिएको निष्कर्ष निकाल्दै सदन, सडक सबैतिर आन्दोलन चर्काउने निर्णय गरेको हो । 

‘औचित्यहीन संशोधनविरुद्ध स्वस्फुर्त जनमत सिर्जना हुँदै गएकाले बैठकले आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ,’ बैठकपछि सचिव योगेश भट्टराईले भने, ‘त्यसका लागि सबै राजनीतिक दल, उद्योगी, व्यापारी, नागरिक समाजसहित समाजका सबै पक्षसँग छलफल गरेर गोलबद्ध गर्दै अघि बढ्छौँ ।’

प्रमुख सत्तारुढ दल माओवादी केन्द्र र कांग्रेसले आइतबार व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सहमति गरेलगत्तै एमालेले पछिल्लो औपचारिक विशेष निर्णय सार्वजनिक गरेको हो । अध्यक्ष ओलीले देशैभर संशोधनको विरोधमा आन्दोलन चर्काउन बिहीबारै युवा–विद्यार्थीलाई निर्देशन दिएका थिए ।

एमालेले अनुचित संशोधनको तयारीभित्र मुलुकमा ठूलो राजनीतिक संकट निम्त्याउने षड्यन्त्र लुकेको दाबी गरेको छ । ‘राजनीतिक दलहरूबीच दूरी र विभाजन ल्याउने तथा समाजमा गम्भीर द्वन्द्व निम्त्याउने यस्तो कदमभित्र मुलुकमा राजनीतिक संकट निम्त्याउने षड्यन्त्र लुकेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थितिको गम्भीरता र आमजनताको चाहनालाई ध्यानमा राखेर यस्तो हानिकारक दिशामा अगाडि नबढ्न हाम्रो पार्टी सरकारलाई गम्भीर रूपमा आह्वान गर्छ ।’ विज्ञप्तिमा संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको एमालेको असहमतिका बाबजुद जबर्जस्ती गरिए त्यसको सशक्त प्रतिवाद हुने स्पष्ट पारेको छ  । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ