२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पूर्वराजा ज्ञानेन्द्रको भारत तथा चीन भ्रमण ‘प्रतिगामी षड्यन्त्र’’

१२ मंसिर २०७३, आईतवार ०१:१६

मंसिर १२, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रको भारत तथा चीन भ्रमणलाई 'प्रतिगामी षड्यन्त्र' का रूपमा चित्रण गर्दै संविधानमा स्वीकार्य बढाएर मुलुकलाई निर्वाचनमा नलगे राजनीतिक उपलब्धि गुम्ने खतरा रहेको औंल्याएका छन् ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार भएको पोलिटब्युरो बैठकमा प्रधानमन्त्री दाहाल पूर्वराजा ज्ञानेन्द्रले भारत र चीनमा गरेको भ्रमण र त्यहाँ भएका छलफलको जानकारी पाएजस्तो गरी प्रस्तुत भएका थिए ।

उनले भने, 'ज्ञानेन्द्रको उत्तर र दक्षिण मुभ, अँध्यारा कोठाहरूमा भइरहेका छलफल प्रतिगामी चलखेल र षड्यन्त्रका रूपमा भइरहेका छन् । संविधानमा स्वीकार्य बढाएर मुलुकलाई निर्वाचनमा लैजान सकेनौं भने राजनीतिक उपलब्धि गुम्ने खतरा छ । राजनीतिक उपलब्धिका लागि हाम्रो योगदान थियो । त्यसलाई बचाउन हाम्रो योगदान चाहिन्छ । हिमाल, पहाड र तराईलाई एक ढिक्का बनाएर संविधान कार्यान्वयन गराउनुपर्नेछ ।'

बैठकमा उनले प्रस्तावित संविधान संशोधन विधेयकमा मधेस केन्द्रित दलहरूले सहमति नजनाए माओवादी केन्द्रको पूर्ववर्ती निर्णयअनुसार दस प्रदेशको एजेन्डामा जाने चेतावनी दिए । यद्यपि मधेस केन्द्रित दलहरूसँग संशोधनका लागि सहमतिको भगीरथ प्रयास दाहालले गरिरहेका छन् ।

माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा शनिबार प्रधानमन्त्री दाहालले संशोधनमा सत्ता गठबन्धन र मधेस केन्द्रित दलका बीचमा सहमति नभए आफ्नो पार्टीले यसअघि ल्याएको जाति, भूगोल र भाषामा आधारित १० प्रदेशको एजेन्डा अघि बढाउनुपर्ने प्रस्ताव ल्याएको नेता लोकेन्द्र बिष्टमगरले बताए ।

प्रमुख प्रतिपक्ष एमाले संशोधनको विपक्षमा उभिएपछि आइतबार सत्ता गठबन्धनका दलसँग निर्णायक छलफल गर्ने तयारीमा आफू रहेको दाहालले बैठकमा बताएका थिए । संशोधन कहिलेसम्म संसद्मा दर्ता गर्ने भन्नेबारे केही नबताएका उनले आइतबार पनि यसमा साझा धारणा बनाउन छलफल गरिने बताए । संशोधन, पार्टी संगठन, निर्वाचन, सरकार र अहिलेको राजनीतिक अवस्थामा केन्द्रित पार्टी पोलिटब्युरो बैठकमा प्रधानमन्त्री दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहको चीन भ्रमणलाई 'प्रतिगामी षड्यन्त्र' को दायाराभित्र राखेर विश्लेषण गरेका छन् ।

'संशोधन प्रस्ताव हतार गरेर संसद्मा दर्ता गराउने पक्षमा छैनौं । मधेसी दल सहमत नभई संशोधन प्रस्ताव गरिने छैन । हतारमा प्रस्ताव पेस गर्ने, असफल हुने, स्वामित्व कसैले नलिने र फिल्डमा पनि राम्रो सन्देश नजाने अवस्थामा प्रस्ताव ल्याइँदैन, त्यही भएर हामीले सत्ता गठबन्धनमा रहेका दलसँग आइतबार निर्णायक छलफल गर्दैछौं', बैठकमा प्रधानमन्त्री दाहालले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली