मंसिर १२, काठमाडौं | अमेरिकी राष्ट्रपति पदका लागि ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दर्ता गराएकी थिइन् । उनले विसकन्सिनसहित "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १२, काठमाडौं | अमेरिकी राष्ट्रपति पदका लागि ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दर्ता गराएकी थिइन् । उनले विसकन्सिनसहित "/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा पुन: राष्ट्रपतिको मतगणना गरिने, ट्रम्पको राष्ट्रपति पद धरापमा !

१२ मंसिर २०७३, आईतवार ०१:२७

मंसिर १२, काठमाडौं | अमेरिकी राष्ट्रपति पदका लागि ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दर्ता गराएकी थिइन् । उनले विसकन्सिनसहित मिशिगन र पेन्सिलभेनियामा पनि पुनः मतगणना गर्न माग गरेकी छन् । 

उनले ट्रम्पको पक्षमा रहेका ह्याकरहरुले ह्याक गरेर मतपरिणामलाई उल्टाउन भूमिका खेलेको दाबी गरेकी छन् । विसकन्सिनको निर्वाचन आयोगले पुनः मतगणनाका लागि दुईवटा निवेदन परेको प्रष्ट पारेको छ ।

पुनः मतगणनाका लागि जिल स्टेन समूह र डेमोक्रेटि पार्टीको राष्ट्रपति पदका लागि प्राइमरीमा प्रतिस्पर्धामा रहेका व्यापारी रक्की रक डेला फ्युन्टेले निवेदन दिएका हुन् । विसकन्सिन निर्वाचन आयोगका प्रशासक माइकल हासले आयोगले राज्यव्यापी रुपमा पुनः मतगणनाको तयारी रहेको जानकारी दिएका छन् ।

निर्वाचनको पुनः मतगणनाका लागि आवश्यक रकम स्टेनको प्रचार अभियान टोलीले तिरेपछि यसै साताभित्र सुरु हुन सक्ने जनाएका छन् । स्टेनको अभियानले तीन वटा राज्यमा पुनः मतगणनाका लागि लाखौं डलर तिर्नुपर्ने अवस्था छ । अभियानले विसकन्सिन र पेन्सिलभेनियामा पुनः मतगणना सुरु गर्नका लागि पर्याप्त रकम जम्मा भइसकेको दाबी गरेको छ ।

विसकन्सिनमा १० इलेक्टोरल भोट रहेको छ भने मिशिगनमा १६ र पेन्सिलभेनियामा २० इलेक्टोरल भोट रहेको छ । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले २९० इलेक्टोरल भोट जितेका छन् भने डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनले २३२ इलेक्टोरल भोट मात्रै जितेकी थिइन् । – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली