मंसिर १३, काठमाडाैं | अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की निजामती सेवामा रहँदा नियमविपरीत लगातार ९० दिनभन्दा बढी बिनासूचना गयल भएको भेटिएको छ । ऐनविपरीत गयल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १३, काठमाडाैं | अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की निजामती सेवामा रहँदा नियमविपरीत लगातार ९० दिनभन्दा बढी बिनासूचना गयल भएको भेटिएको छ । ऐनविपरीत गयल"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०४६ सालमै बर्खास्तको सिफारिसमा परेका थिए लोकमान (यस्तो छ रेकर्ड)

१३ मंसिर २०७३, सोमबार ००:४१

मंसिर १३, काठमाडाैं | अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की निजामती सेवामा रहँदा नियमविपरीत लगातार ९० दिनभन्दा बढी बिनासूचना गयल भएको भेटिएको छ । ऐनविपरीत गयल भएका कारण कार्कीलाई तत्कालीन सरकारले बर्खास्त गर्ने तयारी गरेको थियो ।

राष्ट्रिय योजना आयोगको विशेष अधिकृत भएका बेला कार्की २०६४ साउन २८ गतेपछि ९० दिनभन्दा बढी गयल थिए । कारबाहीको फाइल प्रक्रियामै रहेका बेला उनले राजीनामा दिएका थिए । २०६४ साउन २८ गतेपछि बिनासूचना ९० दिनभन्दा बढी गयल भएका योजना आयोगका तत्कालीन विशेष अधिकृत लोकमानसिंह कार्कीले बर्खास्तको कारबाहीकै दौरानमा राजीनामा दिएका थिए, यो तथ्यलाई नजरअन्दाज गरी संवैधानिक परिषदको वैशाख २२ गतेको बैठकले उनलाई ‘इमानदार’ ठहर्‍याउँदै अख्तियार प्रमुखमा सिफारिस गरेको थियो ।

चरणबद्ध रूपमा २०६३ साउनदेखि ३ सय ८५ दिनभन्दा बढी बिदा बसेका लोकमानको २०६४ साउनको चौथो साता सञ्चित रहेका सबै बिदा सकिएको थियो । त्यसपछि उनले अस्वस्थताको कारण देखाई साउन २८ देखि ३२ गतेसम्म बिदाको निवेदन दिएका थिए ।

साथै उनले त्यसपछि एक वर्ष बेतलबी बिदाको माग पनि गरेका थिए । ‘उनले माग गरेको ४ दिनको बिदा नै स्वीकृत थिएन भने योजना आयोगले बेतलबी बिदासमेत अस्वीकृत गरेको थियो,’ त्यतिबेला योजना आयोगमा कार्यरत एक अधिकृत सम्झिन्छन्, ‘बिदा अस्वीकृत भएपछि हाजिर हुनु त टाढाको कुरा, कार्की एकाएक बेपत्ता भइदिए ।’

कार्कीले २०६३ साउनदेखि असोजसम्म ५२ दिन बिदा लिएका थिए । त्यसपछि फेरि उनले मंसिर मसान्तसम्म १ सय २३ दिन बिदा थपे । यसक्रममा उनले विभिन्न क्लिनिक, अस्पताल, चिकित्सक र आयुर्वेद औषधालयको सिफारिस पेस गरेका थिए । दर्जनौं पटक बिदा थपेपछि उनी २०६४ साउन २८ गतेदेखि गयल थिए ।

प्रशासकीय अदालतले समेत ६० दिनभन्दा बढी गयल निजामती कर्मचारीलाई बर्खास्त गर्न पटक/पटक मुख्यसचिवलाई निर्देशनात्मक आदेश जारी गरेको छ । निजामती कर्मचारीहरू विष्णु तिवारी, एकराज सिंखडा, रामचन्द्र रौनियारलगायत माथिको कारबाहीविरुद्ध परेको मुद्दाको फैसलाका क्रममा प्रशासकीय अदालतले ऐनमा भएको व्यवस्था पालना गर्न र त्यसको अनुगमनका लागि समेत परिपत्र गरेको थियो । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ