मङ्सिर १७, काठमाडौँ | चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका प्रा.डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको वार्ता बिहीबार पनि निष्कर्षविहीन भएको छ । त्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १७, काठमाडौँ | चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका प्रा.डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको वार्ता बिहीबार पनि निष्कर्षविहीन भएको छ । त्र"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. केसीको अनसन २० औं दिन, मध्यरातसम्मको वार्ता पनि असफल

१७ मंसिर २०७३, शुक्रबार ०२:२६

मङ्सिर १७, काठमाडौँ | चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका प्रा.डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको वार्ता बिहीबार पनि निष्कर्षविहीन भएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन प्रा.डा. केपी सिंहले राजीनामा दिन नमानेपछि केसीले अनशन जारी राखेका छन् । 

नवनियुक्त डिन सिंहलाई हटाउनुपर्ने डा. केसीको प्रमुख माग छ । शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाले बिहीबार डिन सिंहलाई राजीनामा गराउने प्रयास गरेका थिए । यसका लागि शिक्षा मन्त्रालयमा त्रिवि पदाधिकारीसहित राति ११ बजेसम्म छलफल गरे पनि कुनै निर्णय हुन सकेन । कानुनअनुसार बर्खास्त गर्न नमिल्ने देखेपछि डिन सिंहको राजीनामा गराएर डा. केसीको जीवनरक्षा गर्ने प्रयास मन्त्रीहरूको थियो । स्रोतका अनुसार दुवै मन्त्रीले डिन सिंहलाई राजीनामा दिन आग्रह गरेका थिए ।

तर, सिंहले आफूले आइओएमका फ्याकल्टीहरूसँग छलफल गर्नुपर्ने र आफ्नो राजीनामाले समस्या समाधान हुनेमा शंका व्यक्त गरेका थिए । डा. केसी पक्षले बुधबारको छलफलमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन प्रा.डा. रमेशकान्त अधिकारी संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले बनाएको मापदण्ड कार्यान्वयन गर्न कुलपति तथा सहकुलपतिको प्रतिबद्धता खोजेका थिए ।

समितिले बिहीबार डिन नियुक्तिको मापदण्डबारे उपकुलपतिलाई प्रतिवेदन बुझाएको छ । सोही प्रतिवेदन अध्ययन गर्न र फ्याकल्टीसँग छलफल गर्न पाउनुपर्ने अडान राखेर डा. सिंहले राजीनामा दिन मानेका थिएनन् । – नयाँ पत्रिका  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ