२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाले बंगलादेशी कामदार लिने अन्तिम तयारी

१७ मंसिर २०७३, शुक्रबार ०२:३०

मंसिर १७,  काठमाडौँ | मलेसिया र बंगलादेशबीच कामदार लिने/दिने अन्तिम तयारी भएको छ । करिब दुई साताअघि दुवै देशका श्रम तथा मानव संसाधन मन्त्रीहरुबीच ढाकामा भएको छलफलपछि कामदार लिने/दिने ‘अन्तिम गृहकार्य’ भएको छ । 

मलेसियाली मानव संशाधन मन्त्री रिचर्ड रियट जइम र उनका बंगलादेशी समकक्षी नुरुल इस्लामबीच गत नोभेम्बर १७ मा भएको छलफलपछि यसबारे अन्तिम तयारी भइरहेको बंगलादेशको अंग्रेजी दैनिक ‘द स्टार’ ले उल्लेख गरेको छ । ‘जीटूजी प्लस’ नाम दिइएको यस प्रक्रियामार्फत मलेसियाले बंगलादेश सरकारले तोकेका विभिन्न १० वटा एजेन्सीमार्फत बंगलादेशी कामदार लिन थाल्नेछ ।

अघिल्लो वर्ष जुनमा करिब १५ लाख बंगलादेशी कामदार लिने घोषणा गरेको मलेसियाले विभिन्न सरोकारवालाहरुको आलोचनापछि उक्त निर्णयबाट पछि हटेको थियो । उसले गत वर्ष फेब्रुअरी १९ मा नयाँ विदेशी कामदार नलिने निर्णय गरेको थियो ।

उक्त निर्णय गरेको झन्डै २२ महिनापछि मलेसियाले बंगलादेशी कामदार लिने अन्तिम तयारी गरेको हो । बंगलादेशबाट मलेसियाले पुरुष र महिला दुवै कामदार लिने जनाइएको छ । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ